सिरहा,कात्तिक ३० गते । सिरहाको गोलबजार नगरपालिका ६ राधाकृष्ण मन्दिर टोलको एक कपडा गोदाममा बुधबार राती आगलागी हुँदा १७ लाख मूल्य बरामरको धनमाल जलेर क्षति भएको छ।स्थानीय ३७ वर्षीय दुर्गेश कुमार साहको कपडा गोदाममा आगलागी हुँदा गोदामभित्र रहेका लत्ताकपडासहित करिब १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।बिद्युतको तार सर्ट भई गोदाममा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र बेश क्याम्प गोलबजारबाट गएको टोली, स्थानिय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ।विद्युत सष्टभएर आगलागी भएको भनियपनि प्र
सिरहा,कार्तिक ३० गते । सिरहाको मिर्चैयामा बुधवार स्वर्गिय राम भरोष साहको चौथो वार्षिकीमा पाँच जना संचरकर्मीलाई सम्मान गरेको छ ।नेपाल सुडी समाज कल्याण समितिका संस्थापक अध्यक्ष एवं जिल्ला विकास समिति सिरहाका उपसभापति रहिसकेका साह जिउँदो हुँदा मिर्चैया र समग्र सिरहामा उल्लेख्य योगदान गरेका समाजसेवी एवम राजनितिज्ञ स्वर्गिय साहको सम्पन्न चौथो वार्षिकीमा पाँच जना संचारकर्मीलाई सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा नेपाल टेलिभिजनका सम्वादाता श्याम कुमार ठाकुर, कान्तिपुर टेलिभिजनका विनय आजाद, मनकामना पोष्टका रामनारायण ठाकुर, रेडियो गंगाजलका प्रमुख सरोजकुमार पासमान र एनएसडब्ल्यू न्यूजका पंकज
सिरहा , कार्तिक २९ गते । विशेषतः तराई मधेशको जिल्लामा बसोबास गर्ने सीमान्तकृत डोम समुदायलाई अहिले बाँसका सामाग्री बनाउन व्यस्त रहेका छन् । वर्षभरिको जोहो एक मात्र सहारा चाडवाडको बेला बाँसका सामाग्री बनाएर गुजारा गर्नुपर्ने वाध्यताका कारण उनीहरु अहिले नजिकिंदो छठ पर्वको लागि बाँसका सामाग्री बनाउन व्यस्त रहेका छन् । तिहार सकिएसँगै तराई मधेशमा धुमधामसँग मनाइने छठ पर्वको लागि सीमान्तकृत डोम समुदायलाई अहिले बाँसको सामाग्री बनाउन भ्याई न भ्याई भएको छ । महान चाड छठ पूजाको लागि अति महत्व राख्ने बाँसका सामाग्रीहरु ढाकी, नाङ्लो, कोनिया लगायतका सामाग्री तयार पार्न घरका सम्पूर्ण सदस्यहरु ल
सिरहा,कार्तिक २९ गते ।लोप हुन लागेको अति रोमान्चित हुराहुरी प्रतियोगिता जगेर्ना गर्ने उद्देश्यले सिरहाको लहानस्थित गमहरियामा हुराहुरी प्रतियोगितालाई निरन्तरता दिएको छ ।स्याउलाले बनाएको हुरामा सुंगुरलाई बाँधेर भैंसीलाई जुधाउने प्रचलन रहँदै आएको छ । हुर्राहुर्री प्रतियोगितामा भाग लिएका भैंसीहरु मध्ये स्थानीय चन्द्रदेव यादवको भैंसीले हुर्रामा बाँधिएको सुँगुरलाई मारिएका हुन् । यसपल्टको हुर्राहुर्री प्रतियोगितामा आसपासका आधा दर्जन भन्दा बढी भैंसीहरुलाई समावेश गरिएको थियो । गोर्बधन पूजाको समाप्तिसँगै हुर्राहुर्री प्रतियोगिता हुने गरिएको छ ।
सिरहा कार्तिक २१ गते । सिरहाको गोलबजार वडा नं। ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जिवकुमार साहको शंकास्पद रुपमा पासोमा मृत्यु भएको भन्दै जिल्लास्थित पेशागत संगठनहरुले सत्य तथ्य निष्पक्ष छानविन गरी दोषीलाई कार्वाहीको माग गर्दै आज सिरहा जिल्लाका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गराएका छन् । विद्यालय बन्दका कारण जिल्लाका भरिका सम्पूर्ण निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको पठन पाठन अवरुद्ध भएको छ । सिरहा जिल्लाभरि रहेका आठ वटा पेशागत संगठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई निष्पक्ष छानविन गरी दोषीलाई कार्वाही नगरिए
सिरहा,कार्तिक २१ गते । सिरहा स्थित लाहन नगरपालिका १सिंगराहीबाट सोमवार नौ एमएमको अटोटीक पेस्तोल सहित प्रहरीले तीन जानालाई पक्राउ गरेको छ । सश्स्त्र प्रहरी वल नेपालको ईन्टिलीजेन्स व्युरोले सप्तरीको सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका ४ का ३५ वर्षीय संजय प्रसाद चौधरीलाई पक्राउ गरेको हो।विशेष सुचनाको आधारमा खटिएको सुरक्षा टोलिले पत्रलाउ परेको साथ बाट दुई थान गोली लोड भएको अटोमेटीक पेस्तोल,१ लाख ८४ हजार २ सय ५३ रुपैयाँ,४ थान मोवाईल,नेपाल टेलिकमको २२ थान सिम कार्ड,१४ थान एनसेलको सिम कार्ड,नेपा
सिरहा, कार्तिक २० गते । सिरहाको गोलबजार वडा नं. ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जिवकुमार साहको हत्या भएको भन्दै परिवारजन आन्दोलित भएका छन् ।घटनाको प्रकृति हेर्दा आत्महत्या हत्या नभई हत्या भएको जनाउँदै आफन्तजनले घटनाको निष्पक्ष छानविन र दोषीलाई कारवाहीको माग गर्दै पूर्वपश्चिम राजमार्गको मिर्चैंयामा सडक अवरुद्ध समेत गरिएको छ । विरोधका कारण सयौं सवारी साधन अलपत्र परेका छन् ।घटनाको ढोकछोप गर्ने प्रयास भएको भन्दै मृतकका पत्नी राजमार्गमै सुतेर घटनाको निष्पक्ष छानविन गरी हत्यारालाई कारवाही नगरिए आत्मदाहको चेतानवी समेत दिएकी छन् । विद्यालय व्यवस्थापन समिति गठन भए
सिरहा, कार्तिक १९ गते । सिरहको सखुवान्कारकट्टी गाँउपालिकाका कर्मचारीहरु तलब भत्ता नपाएको भन्दै विभिन्न माग राखी आन्दोलनमा उक्रेका छन् ।गाँउपालिकाको प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिका सदस्य,जनप्रतिनिहरुलाई चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै आज दबाब र्याली निकालेका थिए ।नेपालीहरुको महान पर्व दशैमा पनि तलब नपाएको र तराई मधेशको ठुलो पर्व छठ नजिकिदै गर्दा पनि तलब भत्ता नपाउने भएपछि दवाव स्वरुप आन्दोलनका कार्यक्रम राखी आज ज्ञापन पत्र बुझाएका छन् ।
सिरहा, कार्तिक १९ गते । सिरहाको गोल वजार वडा नं.४ बाट समिलका संचालिका सहित चेन र गोलिया काठपक्राउ परेको छ । पक्राउ पर्नेमा गोरब काठ चिरान स मिलकाबा६ एक जना र टु मेन चेन लगायत एक सय क्युफिट कर्माको गोलिया काठ सहति पक्राउ परेकी छिन् । १७ वटा गोलिया काठ,२ वटा गोलिया चिरान गरी सकेको १६ वटा फ्ल्याक स मिल परिसरबाटनै पक्राउ गरिएको अधिकृत देवेन्द्र पासवानले जनाउनु भयो ।गोप्य सुचनाको आधारमा समिलमा चेक जाँच गर्दा मिलबाट एक जना सहित चेन र बाठ बरामद भएको डिभिजन वन कार्यालय लहान सिरहाले उल्लेख गर्नु भयो ।पक्राउ परेका माथि अनुसन्धान भई रहेको डिभिजन वन कार्यलय ल
सिरहा, कात्तिक १९ गते । सिरहाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती मातीमाध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजिव कुमार साह आफ्नै विद्यालयमै पासो लागेको अवस्थामा फेला परेको छ। विद्यालयमा प्रधानाध्यपक खोजी भएपनि धेरै समयसम्म फेला नपरेपछि खोज तलास गर्ने क्रममा आफ्नै विद्यालयकको तेस्रो तल्लामा नयाँ बन्दै गरेको सभाहलमा सलमा पासो लागेको अवस्थामा भेटिएको हो।विहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय साहयोगीलाई मोवाईलको रिचार्जकार्ड किन्न पठाएर आफू भवनको माथि जान कैचि गेटको चाँसो माँगेका थिए।रिचार्ज कार्ड किनेर आएपछि प्रअलाई खोजीगर्दा पनि नभेटेपछि कतै जानुभयोहोला भन्ने ठानेर खोजि नग
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.