सिरहा , मंसिर १५ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १२ सर्रे खोलाबाट आज डिभिजन वन कार्यालय लहान सिरहाले अवैध रुपमा नदी उत्खनन् गरी नदीजन्य सामाग्री लगिरहेको अवस्थामा चालकसहित सात वटा ट्याक्टर र एउटा जे.सी.भी. नियन्त्रणमा लिएको छ । 

जिल्ला समन्वयन समिति सिरहाका प्रमुख दिनेश कुमार महतोको नेतृत्वमा डिभिजन वन कार्यालय प्रमुख सुजित कुमार झासहितको टोलीले शुक्रबार विहान नियन्त्रणमा लिएकोे सव डिभिजन कार्यालय धनगढीका निमित्त प्रमुख कासिन्दर यादवले जनाएको छ । 

सवारी साधनसहित पक्राउ परेकाहरु धनगढीमाई नगरपालिका वडा नं. ९ का मंजित यादव, नरहा गाउँपालिका वडा नं. २ का फुलकुमार यादव, बरियारपट्टि गाउँपालिका वडा नं. २ का संदीप कुमार महतो, धनगढीमाई नगरपालिका वडा नं. ४ का रामकुमार यादव, धनगढीमाई नगरपालिका वडा नं. १२ का अरविन्द कुमार यादव, धनगढीमाई नगरपालिका वडा नं. १० का इन्द्रजित महतो, धनगढीमाई नगरपालिका वडा नं. १२ का रमन किशोर यादव र पुरुषोत्तम यादव रहेको डिभिजन वन कार्यालय लहानले जनाएको छ ।  

4

यता उक्त खोलाको ठेक्का आफूले ७७ लाखमा नगरपालिकासँग सकार गरेको बरुण कन्ट्रक्सन धनगढीमाई १३ का प्रोप्राइटर प्रदीप यादवले दावी गरेको छ । उनका  अनुसार  गत साल नै खोलाको किनारमा डम्पिंग गरेर राखेको ग्राभेल ट्याक्टरमा लोड गिररहेको अवस्थामा रिसिवी साध्न जबरजस्ती चालकसहित सवारी साधन नियन्त्रणमा लिएको सम्बन्धित निकायलाई आरोप लगाएका छन् । 

यद्यपि ठेक्का लगाएको नलगाएको बारेमा डिभिजन वन कार्यालय लहान सिरहाले अनभिज्ञता प्रकट गरेका छन् । नियन्त्रणमा लिएको चालक सहितका सवारी साधनलाई सव डिभिजन कार्यालय धनगढीमा राखी थप अनुसन्धान गरिरहेको छ । 

3