धनुषा,मंसिर १२ गते । धनुषाको धनौजी गाउँपालिकामा परालले छोपेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

पालिकाको वडा नं.४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा शव फेला परेको हो ।

मंगलबार (आज ) स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

शवको प्रकृति हेर्दा  दुई  तीन दिन अघि नै हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान भई रहेको प्रहरी कार्यालय धनुषाले जनाएको छ ।