सिरहा मंसिर २५ गते । ७५ ओैंअन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा नेपालमानवअधिकार संगठन सिरहाले सिरहाको लहानस्थितप्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुलवितरण गरी मनाएको छ । 

विगतमाप्रभातफेरी, दिपप्रज्ववलनलगायतकाकार्यक्रम गरी दिवस मनाउँदै आएका संगठनले यसवर्ष अस्पतालका करिव चालिस जनाविरामीहरुलाई फलफुलवितरण गरी मनाएकाहुन् । 

यस्तो कार्यक्रमले विरामीहरुको अवस्थापनिबुझ्ने र अस्पतालबाट उपलब्ध सुविधाबारेमापनिबुझ्ने तथापोषिलापदार्थ पनिप्रदान गर्ने उद्देश्यले यसको थालनी गरेको नेपालमानवअधिकार संगठनका राजकुमार राउतले जानकारी दिनुभयो । 

“भविष्यमामानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाओैं“ भन्ने नारा सहितप्रत्येक वर्ष झै यस वर्ष डिसेम्बर १० तारिखकादिनविभिन्न संघ संगठनले ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस देशैभरी विविधकार्यक्रम गरी मनाएका छन् ।