सिरहा,मंसिर ६ गते । आज बाँकेको नपालगंज स्थित रुपैडिया– जमुनाहा नाकाबाट भित्र्याईने मुर्रा राँगा सिरहाको लहानमा पनि राखिने भएको छ ।

विभाग माताहतका राष्ट्रिय पशु प्रजनन कार्यालयले राँगा बाट वीर्य उत्पादन गर्नका लागि सिरहाको लहान,पोखरा र नेपालगंजमा राखिने भएको छ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने मन्त्रालयले जनाएको छ ।

१५ वटा उन्नत जातको नश्ल सुधारका लागि ल्याउन लागिएको राँगाको स्याहार गर्न एक जना भेटेनेरी डाक्टर पनि संगै  रहेको  नेपालगंज स्थित पशु क्वारेनटाईन कार्यालयले जनाएको छ ।

स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर मात्रै देशका विभिन्न स्थानमा पठाईने मुर्रा राँगालाई एक दिनका लागि नेपालगंज स्थित पशु होल्डिङ्गसेन्टरमा राखिने छ ।