सिरहा,मंसिर ७ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदह मेलामा आजदेखि श्रद्धालु आगन्तुकहरुको भीड लागेको छ । 

vlcsnap-2023-11-23-18h24m45s429

प्रत्येक वर्ष आज हरिबोधिनी एकादशीको दिनदेखि तीनदिनसम्म लाग्ने कमलदह मेलामा सिरहा, सप्तरी, धनुषा एवम् भारतको विहारबाट श्रद्धालुभक्तजनहरु आएका हुन् । 

मेलाको उद्घाटन मधेश प्रदेश सरकारकार श्रम तथा यातायात मन्त्री चन्दन सिंहले गर्नुभएको हो । मेलाको उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले ऐतिहासिक तथा धार्मिक स्थल कमलदहको संरक्षण सम्बर्धनसँगै पर्यटकीय क्षेत्र बनाउन आफूले पहल गर्ने वताउनुभएको छ । 

vlcsnap-2023-11-23-18h26m20s059

मेलालाई भव्य वनाउनका लागि विगत झैँ यसपालि पनि नेपाल र भारतका नाम चलेका पहवानहरूको कुस्ती, मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको कमलदह मेला समितिका मुकेश यादवले जानकारी दिनुभयो ।  

पौराणिक एवं धार्मिक महत्व बोकेको कमल फूलको नामले परिचित कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकांक्षा पुरा हुने धार्मिक जनविश्वासका कारण कमलदहमा स्नान एवम् पूजा पाठ गर्न हरिबोधिनी एकादशीका दिन भक्तजन तथा दर्शनार्थीहरु आउने गरिएको जनाइएको छ ।  । 

vlcsnap-2023-11-23-18h26m05s243vlcsnap-2023-11-23-18h27m08s015vlcsnap-2023-11-23-18h28m15s833