सिरहा, मंसिर १० गते । वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसार महतोले सिरहाको कर्जन्हा नगरपालिकाको आयोजनामा शनिबार देखि बन्दिपुरमा भइरहेको दोश्रो कार्तिकेय कुमार गोल्डकप–२०८० को उद्घाटन समारोहमा सम्बोधन गर्दै खेलले व्यक्तिको पहिचान र क्षमतालाई मात्र नभइ सिंगो नेपाल राष्ट्रकै पहिचान दिलाउने प्रतिनिधी भएकाले खेल र खेलाडीलाई सम्मान गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । 

दोश्रो कार्तिकेय कुमार गोल्डकप–२०८० को उद्घाटन खेल बिरगंज यूनाइटेड, बारा ११० र वसाहा क्लव, उदयपुर बीच भएको छ । खेलमा ३–० अन्तरले बिरगंज यूनाइटेड,बारा ११० ले जित हात गरेको छ । खेल सुरुभएको ३ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको बिरगंज यूनाइटेड,बारा ११० ले खेल सुरुभएको १० औं र १४ औं मिनेटमा लगातार गोल गरेपछि निकै दबाबमा देखिएका वसाहा क्लव, उदयपुर पराजित भएको बन्दिपुर यूथकलव कर्जन्हा सिरहाका अध्यक्ष शिव कुमार सिंहले जानकारी दिए ।

बिरगंज यूनाइटेड९बारा ११० लाई जित दिलाउनका लागि समिम क्षेत्रीले दुई र समिर कुवरले एक गोल गरेपछि त्यहि गोल खेलका लागि निर्णयक बनेको थियो ।

WhatsApp Image 2023-11-25 at 8.44.01 PM

कर्जन्हा नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजना तथा सहआयोजक मूल टुर्नामेन्ट, समिति र बन्दिपुर यूथ क्लव, कर्जन्हा सिरहाको आयोजनामा श्री ने।रा।फु।कु।म।मा।विद्यालय बन्दिपुरको प्रांगनमा भइरहेको गोल्डकपमा आइतबार बन्दिपुर एफ।सि।सिरहा र सशस्त्र प्रहरी बल,बर्दिवास बीच खेल हुने रेडियो गंगाजललाई आयोजकले जानकारी दिएका छन् ।

नगरपालिकाको यूवाहरुलाई खेल तर्फ आकर्षण गर्नका लागि नगरपालिकाले विभिन्न कार्यहरु गरिरहेको अवस्थामा यो गोल्डकपको समेत आयोजना गरिएको कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला प्रसाद पोखरेलले बताए ।

कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वन तथा वातावरण मन्त्री डा। विरेन्द्र प्रसार महतो, उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ यादव, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य बुद्धिजिवी समाजसेवी, स्थानिय विद्यार्थीहरुको उपस्थितीमा उद्घाटन समारोह गरिएको सहआयोजक मुल टुर्नामेन्ट समितिका अध्यक्ष मनोज जर्घामगरले जानकारी दिए ।

WhatsApp Image 2023-11-25 at 8.44.07 PM (1)WhatsApp Image 2023-11-25 at 8.44.06 PMWhatsApp Image 2023-11-25 at 8.44.04 PM