धनुषा माघ २५ गते । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित सार्वजनिक पोखरीमा मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयको ३८ लाखको लागतमा पोखरी घाट निर्माण भएको छ । मधेश प्रदेश सरकारको पोखरी सौन्दर्यकरण कार्यक्रम अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालय लहान सिरहामार्फत् भएको उक्त घाट निर्माणले स्थानीयलाई नुहाई धुहाई देखि छठ पूजा गर्न सजिलो भएको स्थानीय रंजिता महराले वताइन् । नक्टाझिज गाउँको बीचमा अवस्थित उक्त पोखरीमा यस अघि घाट निर्माण अभावमा वर्षातको समयमा पोखरी पुरिदै जानुको साथै मिथिला संस्कृति पर्व अन्तर्गत मनाइने छठ पूजाको बेला पोखरीको डिललाई खन
सिरहा,माघ २४ गते । सिरहाको लहान नगरपालिका वडा नं. २२ गमहरीयामा सलहेश यूथ क्लवद्वारा आयोजित प्रथम गोल्ड कपको फाईनल पेनाल्टी खेलमा गोलवजार स्पोर्ट कल्वले गाईघाट फुटवल टिम गाईघाटलाई ३ का विरुद्ध ४ गोलले जित हासिल गरेको छ । विजयी गोलबजार स्पोर्ट क्लवलाई एकावन्न हजार नगद र दोस्रो हुने गाईघाट फुटवल कबल्वलाई सताईस हजान नगद ट्रफी तथा मेडल प्रदान गरेको थियो ।माघ १६ गतेदेखि संचालन भएको खेलमा सिरहा, ससप्तरी, उदयपुर,धनुषा र सिन्धुली गरी ८ वटा टिमको सहभागिता रहेको आयोजकले जनाइएको छ ।
सिरहा,माघ १५ गते ।सिमसार क्षेत्र संरक्षणसँगै आन्तरिक तथा वाह्य टुरिज्मलाई बढाउने उद्देश्यले सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकाले महेशवारी टुरिज्म एण्ड सिमसार पार्क निर्माण गर्न लागेको छ ।स्थानीय गाउँपालिकाको मातहतमा रहेको करिव १४ कठ्ठा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्न पार्कको विभिन्न संरचना निर्माण लागेको हो । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा तीन करोड ९ लाख ६० हजारको लगानीमा निर्माण हुन लागेको उक्त पार्कमा चारैतर्फ शेयर वाल, पार्कको विच भागमा आकर्षक स्टाचु, एलेक्ट्रिक बोट, आरामदायी कुर्सी, कार्यालय तथा टिकट घर लगायतका संरचना निर्
सिरहा,माघ १४ गते । सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले अरुको क्षेत्राधिकार मिच्दै बाटो नै नभएको जग्गालाई बाटो भएको सिफारिश गरेको छ । नगरपालिकाको साविक गा.वि.स.हनुमाननगर प्र.ध. वडा नं. ७ हाल धनगढीमाई नगरपालिका वडा नं. ३ बस्ने मिश्री लालको छोरी विकाउको पत्नी सुनैर देवी तेलीनको नाउँमा दर्ता कायम रहेको जग्गा गा.वि.स. भवानीपुर प्र.ध. वडा नं. ८ क कित्ता नं. ८० र ७ कित्ता नं. ४४६ को ज.वि.०–५–२ र ०–४–५ जग्गाको उत्तरतर्फबाट कृषि सडक रहेको सिफारिश गरिएपछि स्थानीयहरु अच्चमितमा परेका छन् । नगर प्रमुख महतोले गरेको घर बाटो सिफारिशमा बाटो नै नभएको उक्त वडाका वडा अध्यक्ष विरेन्द्र
सिरहा,माघ १४ गत। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख गोपाल प्रसाद अधिकारीले सरकारले प्रदत्त गरेको कानुनको परिधिभित्र रही विकास निर्माणका कामकाज गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । आज सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित स्थानीय तह स्तरीय अन्तक्र्रिया कार्यक्रममा बोल्नुहुँदै प्रमुख अधिकारीले कानुन बमोजिम ढुक्क भएर काम गर्न आग्रह गर्दै कानुन विपरित रहेर काम गर्ने जोसुकैलाई कार्वाही गर्न आयोग पछाडि नपर्ने चेतावनी समेत दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको कार्यक्षेत्र रहेको ९ वटा जिल्ला सिरहा, धनुषा, सर्लाही, महोत्तरी, खोटांग, ओ
सिरहा,माघ,१३ गते । ग्रामीण उद्यम तथा विप्रेशन आयोजना (समृद्धि) ले लैंगिक कार्य सिकाई मार्फत् मधेश प्रदेशको सात जिल्लाका ग्रामीण क्षेत्रका विपन्न, अति विपन्न परिवारको सर्वाङ्गीण विकासको लागि कार्य गर्दैछ ।सामाजिक न्यायको स्थापना गर्ने उद्देश्यले संचालित उक्त नविनतम् कार्यक्रमले लक्षित अति विपन्न महिलाहरुको आर्थिक, सामाजिक एवम् सांस्कृतिक रुपमा सवल बनाउन तीन वर्षे परिवारिक योजनामार्फत् कार्यक्रम संचालन गर्दै आएको हो । ग्रामीण भेगका अति विपन्न परिवारलाई आफ्नो सुनौलो भविष्यका लागि चित्रमा कोरिएको सपना तीन वर्षमा पूरा गर्न सपना सहयोग कोषमार्फत् अधिकतम ४५ हजार शत प्रतिशत अनुदान रकम समेत प
बर्दिबास, माघ १२ गते । जिल्ला समन्वय समिति ९जिसस०ले मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग तथा वासिङ सेन्टरको विद्युत् लाइन काट्न सुरु गरेको छ। जिसस महोत्तरीले माघ ६ गते जारी गरेको पत्रका आधारमा गौशालास्थित विद्युत् प्राधिकरणको कार्यालयले त्यस्ता उद्योगको लाइन काट्न थालेको हो। जिससले उद्योगको नामै किटानी गरेर उपलब्ध गराएको विवरणका आधारमा अहिलेसम्म दर्जनभन्दा बढी उद्योगको लाइन काटिसकेको प्राधिकरणले जनाएको छ। प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जिल्ला अनुगमन समितिको निर्णयले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ अनुसार सर्त पूरा नगरेका उद्योगको लाइन का
सिरहा,माघ १० गते । सिरहाको अर्नमा गाउँपालिकाबाट एक बालिका घरपरिवारबाट सम्पर्क विहिन रहेकी छिन ।अर्नमा गापा वडा नं. ३ हर्कटाकी १२ वर्षकी चान्दनी कुमारी महतो माघ ८ गते शनिवार देखि सम्पर्क विहिन रहेकी छिन् ।चान्दनी २ देखि ३ वजेको समयमा घरबाट खेल्न निस्कीएकी र फर्केर घर नआए पछि घरपरि चिनतित्त भएका छन् ।आफनो आफन्तकोमा पनि खोजी गर्दा फेला नपरेको परिवारजनले बताउनु भयो ।शनिबार दिउसो खेल्नको लागी कालो रंगको हाफ भेस्ट र निलो नेकर लगाएको गहूँगोरो रंगकी चान्दनीकी मानसिक सन्तुलन ठिक नरहेकोेले भेटनुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा सम्पर्क नं.९८२८०९०४६०,९८०६३८५३३४ मा सम्पर्क गरि खवर गरिद
काठमाण्डौ,माघ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँगबालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।प्रधानमन्त्रीले भने, ‘‘प्रदेशहरू आफैमा स्वायत्त तह हुन्। उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौँ पनि। तर, प्रदेशका संरचना
अनुभक्त चौधरीसिरहा,माघ ९ गते । नदी र खोलाको बाढीलाई नत रोक्न सकिन्छ नत छेक्न नै । बाढीसँगै आउने गेगरानले एकै छिनमा वस्तिसँगै उब्जाउ जमिन पनि सखाप पारी दिन्छ । यस्तै भएको छ सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ र १० हुँदै बगेको गागन नदीले । उक्त नदीले वर्षेनी उक्त क्षेत्रमा उब्जाउ जमिनलाई कटान मात्रै गर्दैन बगेको खोलाले धार परिवर्तन गर्न थालेपछि उक्त क्षेत्र वरिपरका वस्ति नै जोखिममा पर्दै गएको छ । नदीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत जलश्रोत सिंचाई डिभिजन सिरहामार्फत् गागन नदीको वहावलाई परिवर्तन गर्न नदीलाई चेनेलाइजेशनको काम गरेको
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.