सिरहा,फाल्गुन ५ गते । बसोबासको समस्याले दुख कष्ठ भोगिरहेका लहान नगरपालिका वडा नं. १५ मेनहरबा मुसहर वस्तीमा ३८ घर परिवारका लागि घर निर्माण हुने भएको छ । 

वर्षौदेखि बसोबासको समस्या झेलिरहेकाहरुको लागि उनीहरुको बसोबासका लागि मुसहर बस्तिको शिलान्यास गरिएको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले वताउनुभयो । 

एक करोड ७२ लाख पचास हजारको लागतमा बन्न लागेको बस्तिमा हरेक परिवारलाई भान्सा कोठा सहित २ कोठाको घर बन्नेछ । 

1110_499_6803_330320640_3397955010475056_7924135844064857645_n

घर निर्माणमा लाग्ने खर्च मध्ये नगरपालिकाले १ करोड र बाँकी रकम ह्याविट्याट फर हयुम्यानिटीले भवानी एकिकृत विकास केन्द्र मार्फत उपलब्ध गरिने जनाएको छ । 

शिल्यानास कार्यक्रममा वडा अध्यक्ष तेजनारायण चौधरी, ह्याविट्याटका इन्जिनियर राम सुन्दर यादव, भवानी एकिकृत विकास केन्द्रका अध्यक्ष, दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद विसुन्केलगायत सहभागीता रहेको थियो ।