सिरहा,फाल्गुन १३ गते । सिरहाको लहान नगरपालिका वडा नं. १० स्थित खुट्टी सिंचाई योजनाको काम धमाधम भइरहेको छ । यसै आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी भइरहेको कामले स्थानीय कृषकहरु खुशी भएका हुन् ।

निर्माणाधिन योजनाको काम सम्पन्न भएपछि लहान नगरपालिका, सखुवानानन्कारकट्टी गाउँपालिका तथा भगवानपुर गाउँपालिका लगायत आसपासकाका सयौं हेक्टर जग्गामा सिंचाई हुने जनाइएको छ । 

सिंचाईको अभावमा यस भेगका स्थानीयहरुले अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन् । सिंचाईको समुचित व्यवस्था नहुँदा किसानहरुले बल्लतल्ल एक वाली मात्र लगाउँदै आएका छन् । सिंचाईको भरपर्दो व्यवस्था भए तीन वालीसम्म लगाउन सक्ने आकलन स्थानीय कृषकहरुको रहेको छ ।  

vlcsnap-2023-02-25-11h21m16s881

तीन वर्ष अघिदेखि निर्माण भइरहेको खुट्टी सिंचाई योजना मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको करिव साढे आठ लाखको लागत खर्चमा निर्माण भइरहेकोे छ । काम जोडतोडका साथ भइरहेकाले असार मसान्तबाटै कृषकको खेतमा पानी पुर्याउने लक्ष्य रहेको सिंचाई विकास डिभिजन कार्यालय सिरहाका डिभिजनल प्रमुख अरुण कुमार यादवले वताउनुभयो ।

सिरहामा करिव ६५ प्रतिशत जनता कृषिमा आश्रित छन् । सिरहाको लहानमा निर्माण भइरहेको हेडबक्सले त्यस भेगका कृषकहरुलाई फाइदा पुगे पनि अन्य भेगमा रहेका कृषकहरुको लागि पनि यी यस्ता सिंचाईका संरचनाहरु निर्माणको आवश्यकता रहेको छ । समयमा मलखाद र सिंचाईको समुचित व्यवस्था भए कृषिमा आश्रित जनता मात्र लाभान्वित हुँदैन यहाँका उत्पादित कृषिजन्य पदार्थहरु विदेश निर्यात पनि गर्न सक्ने आकलन यहाँका कृषकहरुले गरेका छन् ।  

vlcsnap-2023-02-25-11h20m53s248