सिरहा,फाल्गुन ६ गते ।महाशिवरात्रीको दिन शिवको पूजा पाठ गरे मनोकामाना पूरा हुने जनविश्वासको कारण सिरहाको विभिन्न शिव मन्दिरमा पूजा पाठ गर्ने दर्शनार्थीहरुको घुइँचो लागेको छ । सिरहा नगरपालिका वडा नं. १२ मा अवस्थित पौराणिक, धार्मिक तथा ऐतिहासिक स्थल सारस्वरनाथ महादेवको दर्शन गर्न दुर दराजको ठाउँबाट अझ बढी भक्तजनहरु ओइरिएको हो ।

शिवरात्रीको अवसरमा सिरहा नगरपालिकाका नगर प्रमुख नविन कुमार यादवले सारस्वरनाथ महादेव मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि गरेको छ । दैवोको दैव महादेव भएकाले उहाँको विशेष सम्मानको लागि हेलिकप्टरद्वारा पुष्पबृष्टि गरिएको जनाएको छ । 

vlcsnap-2023-02-18-18h19m25s466

शिवरात्रीकै अवसरमा पारेर सारस्वरनाथ परिसरमा पार्वतीको मन्दिर बनाउन सिरहा क्षेत्र नं. ३ का संघीय सांसद् लिलानाथ श्रेष्ठ र सिरहा नगरपालिकाका नगर प्रमुख नविन कुमार यादवले शिलान्यास गर्नुभएको हो । पार्वतीको छुट्टै मन्दिर नरहेकोले मन्दिर बनाउन लागिएको आयोजकले जनाएको छ । तत्कालको लागि वडाबाट २० लाख रुपैयाँ पार्वती मन्दिरको लागि छुट्याइएको हो । नगरपालिका लगायत विभिन्न दातृ निकायबाट स्रोत जुटाएर पार्वतीको पूर्ण आकर्षक मन्दिर बनाउने योजना रहेको वडा अध्यक्ष शिवशंकर झाले उल्लेख गर्नुभयो । 

vlcsnap-2023-02-18-18h18m50s450vlcsnap-2023-02-18-18h18m58s115