सिरहा,फाल्गुन १३ गते । प्रहरी मेरो साथी भन्ने अभाष जनतालाई दिलाउदै ईलाका प्रहरी कार्यालय धनगढी सिरहाका प्रमुख राकेश साह छोटो समयमा नै लोकप्रिय बन्न सफल भएका छन ।

घरासी झगडा देखी सडक दुर्घटना,चोरी लगायत अपराधिक गतिविधि नियन्त्रण गरि रहेकाले सो घटनाहरु न्यायिकपूर्ण रुपमा सम्पादन गरेकाले जनताको नजरमा प्रहरी नायव निरिक्षक साह प्रहरी मेरो साथी भनेर चिनिन थालेको छ ।

साह ईलाका प्रहरी कार्यालय धनगढीमा पौष महिनाको दोस्रो सातामा हाजिर भएको हो । कोई कसैलाई काखापाखा नगरी जनताको सुख दुखको साथी बन्न सफल भएको स्थानियहरु उल्लेख गर्नु भयो ।

ईलाका प्रहरी कार्यालय धनगढी क्षेत्रमा कुनै किसिमको घटना हुन नदिन कार्यालयका सबैले हातेमालो गर्दै शान्ति सुरक्षालाई चुस्त दुरुस्त संगै नियमित गस्ति गरि रहेको प्रहरी नायव निरिक्षक साहले जनाउनु भयो ।

साहले थपदै भने प्रहरी नै मेरो साथी भने जस्तै हामीले पनि जन्तालाई आफ्नै आफ्न्त लाई गरिने व्यवहार गर्दै गरेकाले काम गर्न सहयोग पुगेको छ । साथै अगामी दिनहरुमा अझै सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।