सिरहा,पुस ३० गते । माघी पर्वको अवसरमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित तिनकोनीमा स्थानीय स्तरमा गठित सूर्योदय टोल सुधार संस्थाले जेष्ठ नागरिक, अपांग तथा एकल महिला दुई दर्जन बढी व्यक्तिहरुलाई न्यानो कपडा फाइबर सिरक वितरण गरेको छ । स्थानीय स्तरमा संकलित रकमबाट जाडो छल्न फाइबर सिरक वितरित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै धनगढीमाई नगरपालिकाका निवर्तमान नगरप्रमुख एवम् नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरीले गाउँवासीको एकताकै कारण जेष्ठ नागरिक सम्मान गर्ने ठाउँसम्म आइपुगेकाले अझ एकतालाई मजबूत पार्दै जानुपर्ने वताउनुभयो । उक्त कार्यक्रममा विशिष्ट अतिथि बुद्धिला
सिरहा,पुष १७ गते । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लहान मार्फत गरिब, दलित तथा अत्ति बिपन्न परिवारलाई जाडोयाममा फाईबर सिरक वितरण गरेको छ ।बैंकको मधेश प्रदेश प्रमुख श्याम चवाईंले लहान नगरपालिका वडा नं. ५ का स्थानीय बासिन्दाहरुलाई फाईबर सिरक वितरण गर्नुभएको छ ।यसरी जाडोयाममा फाइबर सिरक वितरण भएकोमा स्थानीयहरुले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् । उक्त वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका वडा नं.०५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीयको उपस्थिती
सिरहा, पुस १६ गते । सिरहा जिल्लामा पछिल्लो केही दिनदेखि लगातार चलेको चिसो हावा र शितलहरका कारण जनजीवन कष्टकर बनेको छ। अत्यधिक चिसोका कारण सर्वसाधारणलाई दैनिक कामकाज गर्न कठिनाइ भइरहेको छ। चिसोबाट बच्नका लागि सिरहाका विभिन्न बजार क्षेत्रमा जाडो छल्न कपडा किन्ने भिड लागेको छ।सिरहाका प्रमुख बजार क्षेत्रहरू लहान, गोलबजार, मिर्चैया, सिरहा र धनगढीमा जाडो कपडा किन्नेहरूको बाक्लो भीड देखा परेको छ। बजारमा ज्याकेट, स्वेटर, टोपी, जुत्ता, ब्लाङ्केट र सिरकजस्ता जाडो छल्ने सामग्रीको माग उल्लेख्य बढेको व्यापारीहरूले बताएका छन्। यद्यपि, चिसो बढेसँगै व्यापारमा चहलपहल बढे पनि मूल्य केही बढेकोमा उपभोक्ताहरू गुना
सिरहा,पुस ११ गते । पोषण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सिरहाको अर्नमा गाउँपालिकामा दलित जनकल्याण युवा क्लव लहान सिरहाले सडक नाटक प्रदर्शन गरिएको छ । । गाउँ क्षेत्रमा पोषण सम्बन्धी जानकारीको अभावमा विशेष गरी गर्भवती महिला र बालवालिकाहरुमा हुने कुपोषणका कारण विभिन्न खालका रोगहरु लाग्नबाट बचाउने उद्देश्यले सडक नाटकको आयोजना गरिरहेको क्लवका अध्यक्ष उमेश विशुन्केले जानकारी दिनुभयो । विशेष कलाकारद्वारा प्रदर्शन गरिएको उक्त नाटक स्थानीयहरुले बडो उत्साहपूर्वक हेरिएको थियो । पोषण सम्बन्धी नाटकले सबैलाई पोष्ण सम्बनधी हुने फाइदाको बारेमा पुनर्ताजगी भएको स्थानीयहरुले वताएका छन् । 
सप्तरी, २९ मङ्सिर । सप्तरीको रुपनी गाउँपालिका २ लौवापारका बिलट सदाको अनुहारमा यतिबेला बेग्लै सुखी देखिन्छ । नागरिकता नहुदाँ थुप्रै समस्या र पीडा भोग्नु भएका सदाले ४६ बर्षको उमेरमा बल्ल नागरिकता पाएपछि उहाँकाृे अनुहारमा खुसी फर्किएको हो । साहुमहाजमा हरवा चरवाको रुपमा काम गर्दै आएका सदाले नागरिकता पाउने आश मारिसक्नु भएको थियो । तर द फ्रिडम फन्डको सहयोमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीमार्फत सञ्चालित हरवा चरवा सशक्तिकरण कार्यक्रम सञ्चालन भएपछि भएको निरन्तरको प्रयास र पहलाका कारण बल्ल नागरिकता पाएकोमा आफुलाई असाध्यै खुसी लागेको सदाले बत
राजविराज÷उमेरले ५५ बर्ष पुरा गर्नुभएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ औरहीका पल्टु सदा अझै नागरिकता पाउन सक्नु भएको छैन् । नेपाली भएको प्रमाण प्राप्त गर्न ठुलै संघर्ष गरेपनि सफलता पाउन नसकेका सदाले अझै नागरिकता बन्लान् किन भने आशमा बस्न्ु भएको छ । सदाले नागरिकता पाउन नसक्दाँ उहाँको सिङ्गो परिवार नै यतिबेला नेपाली भएको पहिचान पाउनबाट बञ्चित छन् । नेपालमै जन्मिए, यही हुर्किए तर अहिले सम्म आफु नेपाली भएको कुनै पहिचान नै पाउन नसकिएको पल्टु सदाको गुनासो छ ।घरकै मुल व्यक्ति पल्टुको नागरिकता नबन्दा उहाँको श्रीमति ५० बर्षीया तारादेवी सदा, उहाँको जेठो छोरा ३५ बर्षीय धर्मेन्द्र सदा, कान्छो छोरा ३
बर्दीबास, मङ्सिर ९ गते । महोत्तरी जिल्लामा घटेका अलग–अलग हत्या घटनामा संलग्न भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।जिल्ला प्रहरीका अनुसार आफ्नै बुवाको हत्या गरी फरार रहेका महोत्तरी गाउँपालिका–३, मडैका २६ वर्षीय अजयकुमार ठाकुर घटनाको तीन महिनापछि पक्राउ परेका हुन् । प्रहरीको खोजी टोलीले ठाकुरलाई नेपाल–भारत सीमा नजिक जलेश्वर–१२, थरुवाहीबाट गए राति साढे ९ बजेतिर नियन्त्रणमा लिएको हो ।गत भदौ २४ गते घरायसी विवाद तीव्र बनेपछि आवेशमा आएका अजयले ७० वर्षीय बुवा जोगेन्द्र ठाकुरमाथि घरेलु हतियार प्रहार गरेका थिए । गम्भीर घाइते जोगेन्द्रको सोही दिन अपराह्न ४ बजे उपचारका
सिरहा, मङ्सिर९ गते । आठ वर्षदेखि नागरिकताका लागि अड्डाअदालत धाउँदै आउनुभएकी ७८ वर्षीया कपेलेश्वरी यादव अझै पनि नागरिकता पाउने आशामै दिन काटिरहनुभएको छ । “नागरिकता नपाएरै मर्न लेखिएको जस्तै भएको छ हजुरआमालाई”, नाति रामपरीक्षण यादवले हातमा कागजपत्र देखाँउदै थकित स्वरमा भन्नुभयो, “वर्षौँदेखि कागजपत्र बोकेर सरकारी निकायमा धाउँदाधाउँदै धेरै जुत्ता फाटे, तर हजुरआमाको नागरिकता बनेन ।”सिरहाको नवराजपुर गाउँपालिका–४ मा बस्दै आएकी कपेलेश्वरीको जन्म औरही गाउँपालिका–३ पिपरामा भएको हो । जीवनभर गाउँमै बस्नुभएकी उहाँ नागरिकता नभएकै कारण अहिले सबै अधिकारबाट वञ्चित हुनुहुन्छ । विसं २०२३ मा उहाँ नवराजपुर–४ का बौ
सिरहा,मंसिर ७ गते । हलुवाई समाज नेपालको सिरहाको धनगढीमाई नगरपालिकामा प्रथम अबिधेशन सम्पन्न भएको छ ।सिरहाको जिरोमाईलमा शनिबार भएको नगर स्तरीय अबिधेशनबाट नगरकमिटी अध्यक्षमा सन्तोष कुमार साह,सचिवका श्याम सुन्दर साह र कोषाध्यक्षमा दुर्गी देबी साह सहित १९ सदस्यीय समिति र २ जनालाई सल्लाहकारमा चयन गइएको छ ।हुलाई समाज नेपालको मधेश प्रदेश अध्यक्ष राम शंकर साहको प्रमुख अतिथ्य तथा श्याम सुन्दर साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा केन्द्रीय सल्लाहकार राजेन्द्र प्रसाद साह,प्रदेश उपाध्यक्ष दिपेन्द्र साह,सचिब लक्ष्मण साह, जिल्ला अध्यक्ष भरत प्रसाद साह लगायतका स्वजातीयहरुको उल्लेखनिय उपस्थिती रहे
राजविराज, ५ मंसीर । श्रीपुरार्ज सामुदायिक विकास केन्द्र सप्तरीको अध्यक्षमा पुनः चतुरनारायण चौधरी चयन हुनुभएको छ । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा आज सम्पन्न संस्थाको ३० औं बार्षिक साधारणसभा तथा सातौं अधिबेशनबाट अध्यक्षमा पुनः चौधरी चयन हुनुभएको हो । संस्थाको उपाध्यक्षमा सुनिता चौधरी, सचिवमा सुनिलकुमार चौधरी, सहसचिवमा रामकुमार पासवान र कोषाध्यक्षमा सुशिला कुमारी चौधरीलाई चयन गरेको छ । यस्तै कार्य समिति सदस्यहरुमा किरणकुमारी चौधरी, दिनेशकुमार चौधरी, योगेन्द्र प्रसाद चौधरी, लालबहादुर चौधरी, रेखाकुमारी चौधरी र उमेशकुमार साहलाई चयन गरिएको जनाएको छ । यसअघि आजै आयोजित बार्षिक साधारणस
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.