X wada

समाज

    Showing १-१० of १,४५० items.
  • हलुवाई समाजको मधेश प्रदेशस्तरीय जागरण र्‍याली , जनजाति सूचीकरणको माग

    लहान,असोज ५ गते । हलुवाई समाज नेपालले समुदायमा सामाजिक जागरण, एकता र आपसी सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेशका विभिन्न जिल्लामा जागरण अभियानअन्तर्गत मोटरसाइकल र्‍याली निकालेको छ।सप्तरी जिल्लाबाट आज देखी निकालेको जातीय पहिचान एकता सदभाब अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेशका विभिन्न जिल्लामा जन जागरण अभियानअन्तर्गत मोटरसाइकल र्‍याली निकालेको छ।हलुवाई समाजको मधेश प्रदेशस्तरीय जागरण र्‍याली । समाजको पहिचान, अधिकार र सामाजिक उत्थानका विषयमा जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको र्‍यालीमा हलुवाई समुदायका विभिन्न जिल्लाका  प्रतिनिधि तथा अगुवाहरूको सहभागिता रहेको थियो।र्

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ८५ पटक पढिएको
  • जीर्ण सडक मर्मतको माग गर्दै पिप्रामा मेयर ठाकुर विरुद्ध प्रदर्शन

    सिरहा,असोज ५ गते। लक्ष्मीपुरपतारी गाउपालिकाको रामपुर चोकदेखि भवानीपुरसम्मको सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा स्थानीय बासिन्दा तथा ई–रिक्सा चालकहरू समस्यामा परेका छन्।सिटी अटो चालकहरुले वच सडकमा सिटी रिक्सा लिएर सडक मर्मत तथा निर्माणको माग गर्दै आज पिप्रामा  लक्ष्मीपुरपतारी गाँउपालिकाको मेयर चतुरानन्द ठाकुरको विरोध गर्दै नाराबाजी गरेका छन्। जीर्ण सडकका कारण आवतजावतमा कठिनाइ हुनुका साथै सवारीसाधन सञ्चालनमा समेत समस्या भइरहेको स्थानीयको गुनासो छ।प्रदर्शनमा सहभागीहरूले “जनताको समस्या समाधान गर, सडक निर्माण गर” लगायतका नाराबाजी गर्दै तत्काल सडक मर्मत तथा निर्माणको पहल गर्न सम्बन्धित निकाय

    • प्रकाशित मितिः असोज ५, २०८३
    • २०५ पटक पढिएको
  • पत्रकार महासंघ सिरहाका सचिव मुकेश यादवलाई पितृशोक

    सिरहा,असोज ५ गते  । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सचिव तथा पत्रकार मुकेशकुमार यादवलाई पितृशोक परेको छ।पत्रकार मुकेश यादवका ७१ वर्षीय पिता दुःखी यादवको आज बिहान निधन भएको हो। गोलबजार नगरपालिका–१० निवासी स्वर्गीय यादव लामो समयदेखि मिर्गौला रोगको उपचार गराउँदै आउनुभएको थियो।स्वर्गीय यादवको निधनप्रति नेपाल पत्रकार महासंघ तथा सिरहा शाखाले दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। महासंघले शोकको यस घडीमा मुकेशकुमार यादवसहित शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै गहिरो समवेदना व्यक्त गरेको छ।पूर्वाञ्चल एक्सप्रेस अनलाई परिवार स्वर्गीय यादवप्रति हार्द

    • प्रकाशित मितिः असोज ५, २०८३
    • १९४ पटक पढिएको
  • विश्वकर्मा पूजा समापन गरिंदै

    सिरहा, असोज २ गते । देशैभरी बडो श्रद्धापूर्वक पूजापाठ गरी मनाउने बाबा विश्वकर्मा पूजाको आज भक्तिपूर्वक समापन गरिंदैछ । उद्योग–व्यवसायको प्रगति, काममा सफलता तथा सुरक्षित कार्य वातावरणको कामना गरी मनाइने बाबा विश्वकर्माको प्रतिमालाई आज जलाशयमा गएर अन्त्य गरिरहेको छ । त्यस अवसरमा विश्वकर्मा भगवान्को विधिवत् पूजा, आरती तथा प्रसाद वितरण गरिएको आयोजकले जनाएको छ । विभिन्न उद्योग, कलकारखाना, व्यवसाय तथा प्राविधिक क्षेत्रमा प्रयोग हुने मेसिन, औजार र उपकरणको पूजा गरी विश्वकर्मा दिवस प्रत्येक वर्षको असोज १ गते मनाइँदै आएको छ । 

    • प्रकाशित मितिः असोज २, २०८३
    • ४२ पटक पढिएको
  • दलित महिला सङ्घको टोलीद्वारा सडकछेउमै महिलाले बच्चा जन्माएको घटनाको अध्ययन

    राजविराज, २६ भदौ ः पैसा अभावमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालबाट निकालिएकी सप्तरीकी एक दलित महिलाले अस्पताल परिसरनजिकै सडकछेउमा बच्चा जन्माएको घटनाप्रति अधिकारकर्मीले आपत्ति जनाएका छन् ।घटनाबारे स्थलगत अध्ययन गर्न राजविराज पुगेको दलित महिला सङ्घको टोलीले घटना अत्यन्तै दुःखद, संवेदनशील र खेदजनक भएको बताउँदै स्वास्थ्य सेवामा आर्थिक अभावकै कारण कुनै पनि गर्भवती महिलालाई उपचारबाट वञ्चित गर्न नहुनेमा जोड दिएको छ ।प्रसूति गराउन अस्पताल पुगेकी राजविराज नगरपालिका–१४ निवासी बबिताकुमारी पासवानलाई उपचारमा लाग्ने रकम तिर्न नसक्ने अवस्था रहेको भन्दै अस्पतालका कर्मचारीले घरमै गएर बच्चा जन्माउन भ

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • ४७७ पटक पढिएको
  • सिरहामा एक सय ५० किलो बढी गाँजा पक्राउ

    सिरहा,भदौ २४ गते । सशस्त्र प्रहरीले डेढ क्विन्टलभन्दाबढी प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ। जिल्लाको औरही गाउँ पालिका ४ इटाटारस्थित नेपाल–भारत सीमाक्षेत्रबाट एक क्विन्टल ५७ किलो २०७ ग्राम गाँजा सशस्त्र प्रहरीबल नेपाल नम्वर ७ गण हेड क्वाटर सिरहाको गस्ती टोलिले गएराती १ः ३५ बजे बरामद गरेको हो। टाउकोमा बोकेर नेपालबाट भारत तर्फ अवैधरुपमा लैजादै गरेको अवस्थामा टोलिलाई देखेर व्यक्तिहरु फरार भएको र उक्त प्रतिवन्धित लागु औषध गाँजा बरामद गरिएको नम्वर ७ गण प्रमुख एसपी सुमनजंग थापाले जानकारी दिए। उनले प्लाष्टिकमा प्याक गरि कपडाले बाँधेको ८ वटा गाँजाको पोका बरामद भएको बताए। नियन्त्रणमा लि

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • ३९८ पटक पढिएको
  • पत्रकारिताको आडमा तस्करी सिरहामा प्रतिन्धित सागर दुध पाउडर बरामद

    सिरहा, भदौ ३ गते । सिरहाको सुखीपुर स्थित सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध रूपमा ओसारपसार भइरहेको पाउडर दूध र मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।भदौ ३ गते बिहान ०२स्३० बजेको समयमा  सुखीपुर वडा नं. ८ स्थित सडक खण्डबाट उक्त ओसारपोसार गर्दै गर्दा सिरहा बरियारपट्टी गाउँपालिका वडा नं। ३ बस्ने वर्ष २६ का रामदेवन यादवलाई ५ बोरा ‘सागर पाउडर दूध’ प्रयोग गरिएको स ९ प २५८३ नम्बरको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी सिरहाले जनाएको छ ।सशस्त्र प्रहरी बल, नेपाल सुखीपुर बेसबाट सशस्त्र प्रहरी निरीक्षक ९इन्स्पेक्टर० बीरेन्द्र कुमार यादवको कमान्डमा खटिएका टोली गण नं. ७ गण हे।

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २५७ पटक पढिएको
  • मिर्चैयामा ट्रक र मोटरसाइकल ठोक्किँदा चालक घाइते

    रामनारायण ठाकुर मिर्चैया,भदाै २ गते ।पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–६ स्थित मटियर्वा चोकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन्।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ८ ख ४१२४ नम्बरको ट्रकले ज. ७ प ५२५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।दुर्घटनामा नरहा गाउँपालिका–३ खोरियाका मोहम्मद सरिफ राईनका २० वर्षीय छोरा अर्वाज राईन घाइते भएका छन्। उनी घुर्मी बजारस्थित एक मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका छन्।घाइते राईनको टाउको, मुख तथा हातखुट्टामा चोट लागेको बताइएको छ। उनको मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टर प्रा.लि. मा उपचार भइरहेको छ

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ८५ पटक पढिएको
  • ५३ किलोभन्दा बढी गाँजा बरामद, भरियाहरू फरार

    सिरहा,साउन २२ गते ।  सिरहा प्रहरीले  सिमराबाट ५३ किलो ४६५ ग्राम गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको गस्ती टोलिले विहिवार राती करिव १२ बजे सखुवानन्कारकट्टी गाउँपालिका ४ सिमराबाट ४ वटा प्लास्टिकको बोरामा भरीएको अवस्थामा उक्त लागुअआौषध गाँजा बरामद गरेको हो। प्लाष्टिकको बोरामा कपडाको नाम्लो बनाएर ४ जनाको समूहले बाकेर ल्याईरहेको अवस्थामा प्रहरीलाई देखेपछि उनीहरु बोरा फालेर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। उनका अनुसार उनीहरु गस्तीमा रहेका प्रहरीलाई देखेपछि बोरा फालेर भागेको हो। प्रहरीले भरियाहरुको खोजि

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १८६ पटक पढिएको
  • सिरहामा दुई दिन हतियार सहित ४ जना पक्राउ

    लहान,साउन २१ गते । सिरहा प्रहरीले छुटाछुटै स्थानबाट कटुवा र पेस्तोल सहित ४ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशवारीबाट अन्दाजी १८ वर्षिय मोहम्मद अफरोज राईनको घरबाट बुधबार राती कटुवा पेस्तोल बरामद गरेको हो भन्ने लहान नपा २२ सलोखरीबाट सबरजित दासको साथबाट पेस्तोल सहित ३ जनालाई नियन्त्रणमा लिईएको छ ।घरमा लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट गएको प्रहरी टोलिले उक्त कटुवा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। अफरोजलाई भने काठमाडौंबाट पक्राउ गरेको प्रहरीले बताएको छ। काठम

    • प्रकाशित मितिः साउन २१, २०८३
    • १२६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२