सिरहा,फाल्गुन ९ गते । बचौं र अघि बढौं लघुवितिय संस्थाहरुको विरुध एक जुट हौं भन्दै सिरहाको सुखिपुरमा लधुवित्तिय संस्था विरुद्ध नगर स्तरीय विरोध प्रदर्शन गरेको छ ।
लधुवित्तिय संस्थाहरु द्धारा लगाईएको समुहिक ऋण मिनहा गर, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर,नव सामन्तीको रपमा लघुवितिय संस्थाहरु बन्द गर,आवश्यत्ता र क्षमतामा आधारित काम र दामको मुूल्याकन गर र समाजवादी अर्थतन्त्रको विकास गर लगायत माग राखी नगरपालिका स्तरीय विरोध कार्यक्रम गरेका हुन् ।
लघुवितिय संस्था विरुधको संघर्ष समिति सिरहाले आयाजना गरेको विरोध कार्यक्रममा विभन्नि लघुवितमा आवद्ध महिलाहरुको सहभागिता रहेको संघर्ष समितिले जनाएको छ ।




















