सिरहा,फाल्गुन १२ गते । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको नारा दिंदै आजदेखि सिरहाको लहानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । लहान नगरपालिकाद्वारा संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लहान नगर क्षेत्रभरि रहेका एघार वटा सामुदायिक विद्यालयका छात्र छात्राहरु सहभागी रहने छ । 

vlcsnap-2023-02-24-20h03m14s501

खेलको उद्घाटन लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले गर्नुभएको छ । आजको उद्घाटन खेल अन्तर्गत भलिवल प्रतियोगितामा पुरुषतर्फ पशुपति आर्दश माध्यमिक विद्यालयले जित हासिल गरेका छन् भने महिलातर्फ खेलाइएको खेलमा सगरमाथा मा.वि. ढोढनाले जित आफ्नो पोल्टामा पारेका हुन् । त्यसैगरी पुरुषतर्फ सटफुटमा ब्रम्हान गोर्छारी मा.वि.र महिला तर्फ सगरमाथा मा.वि. सफल भएका हुन् । 

भोलि खेलाइने खेलमा पुरुष फुटबलतर्फ पशुपति आदर्श मा.वि. र  ब्रम्हान मा.वि. बीच हुनेछ ।  त्यसैगरी महिलातर्फ सगरमाथा मा.वि. र झिरहरी गोविन्द मा.वि. बीच हुनेछ । त्यसैगरी भोलि शनिबार रनिंग, हाइजम्प र लंगजम्पको खेल समेत खेलाइने शिक्षक शोभित लाल चौधरीले जनाएको छ । 

vlcsnap-2023-02-24-20h05m13s329

भलिवल, फुटबल, रनिंग रेस, हाइजम्प लङजम्प, सटफुट, जभेलिङ थ्रो लगायत १० वटा इभेन्टमा खेल खेलाइने जनाएको छ । फाल्गुन १४ गते सम्पन्न खेलमा प्रथम र द्वितीय हुने छात्र छात्राहरुलाई ट्रफि, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।

vlcsnap-2023-02-24-20h05m24s725