सिरहा, फल्गुन २४ गते। हात्तिको आक्रमणबाट सिरहाको गोलबजार नपा ३ जमदह पुरानोडिहका २२ वर्षिय देव प्रसाद सदाको मृत्यु भएको छ ।
होलिका दिन साथीहरुसँग गाउँ नजीकैको जङ्गलमा घुम्न गएको बेला हात्तिको आक्रमणबाट घाईते भएको सदालाई उपचारको लागि स्वास्थ्यसंस्थामा पुर्याउनु अघीनै सदाको मृत्यु भई सकेको वडा अध्यक्ष धनप्रसाद लामाले जानाउनु भयो। सदाको छात्ति र दाहिने खुट्टामा गहिरो चोट देखिएको स्वास्थ्यकर्मी नरेश लामाले बताए।
होलिको दिन भएकोले घरमा खानपीन गरी घुम्न गएको बेला घटना भएको सदायको दिदि सुनिताले बताउनु भयो। उनले भने, ‘म पनि बाख्रा लिएर चराउन हिडे, उनीपनि साथीहरुसँग घुम्न गएको थियो, गाउँमा हात्ति आयो भनेर हल्ला चलेपछि हामीपनि भाग्यौं, पछि भाई नआएपछि खोज्दै जाँदा लडेको अवस्थामा पायौं।’
सदायको एक श्रीमती र एक दुईवर्षिय छोरा रहेका छन्। हात्ति अझै वस्ति नजिकैको जङ्गलमा रहेको वडाअध्यक्ष लामाले जानकारी दिए। हात्ति नजिकैको जङ्गलमा रहेकाले स्थानीय त्रसित छन्। हात्ति दुईदिन अघिदेखि यहिक्षेत्रमा रहेको स्थानीयको भनाई रहेको छ।
डिभिजन वन कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारले हात्तिको आक्रमणबाट मृत्यु भएको घटनाबारे थप अनुसन्धान भईरहेको बताए।




















