X wada

स्थानिय

    Showing ४०१-४१० of १,३२३ items.
  • सर्वाङ्गीण विकासको लागि १९८ वटा महिला समूह मार्फत् महिला लक्षित कार्यक्रम संचालनमा

    सिरहा,माघ,१३ गते । ग्रामीण उद्यम तथा विप्रेशन आयोजना (समृद्धि) ले लैंगिक कार्य सिकाई मार्फत्  मधेश प्रदेशको सात जिल्लाका ग्रामीण क्षेत्रका विपन्न, अति विपन्न परिवारको सर्वाङ्गीण विकासको लागि कार्य गर्दैछ ।सामाजिक न्यायको स्थापना गर्ने उद्देश्यले संचालित उक्त नविनतम् कार्यक्रमले लक्षित अति विपन्न महिलाहरुको आर्थिक, सामाजिक एवम् सांस्कृतिक रुपमा सवल बनाउन तीन वर्षे परिवारिक योजनामार्फत् कार्यक्रम संचालन गर्दै आएको हो । ग्रामीण भेगका अति विपन्न परिवारलाई आफ्नो सुनौलो भविष्यका लागि चित्रमा कोरिएको सपना तीन वर्षमा पूरा गर्न सपना सहयोग कोषमार्फत् अधिकतम ४५ हजार शत प्रतिशत अनुदान रकम समेत प

    • प्रकाशित मितिः माघ १३, २०७९
    • १९७ पटक पढिएको
  • ३ दिन देखी चान्दनी सम्पर्क विहिन

    सिरहा,माघ १० गते । सिरहाको अर्नमा गाउँपालिकाबाट एक बालिका घरपरिवारबाट सम्पर्क विहिन रहेकी छिन ।अर्नमा गापा वडा नं. ३ हर्कटाकी १२ वर्षकी चान्दनी कुमारी महतो माघ ८ गते शनिवार देखि सम्पर्क विहिन रहेकी  छिन् ।चान्दनी २ देखि ३ वजेको समयमा घरबाट खेल्न निस्कीएकी र फर्केर घर नआए पछि घरपरि चिनतित्त भएका छन् ।आफनो  आफन्तकोमा पनि खोजी गर्दा फेला नपरेको परिवारजनले बताउनु भयो ।शनिबार दिउसो खेल्नको लागी कालो रंगको हाफ भेस्ट र निलो नेकर लगाएको गहूँगोरो रंगकी चान्दनीकी मानसिक सन्तुलन ठिक नरहेकोेले भेटनुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा सम्पर्क नं.९८२८०९०४६०,९८०६३८५३३४ मा सम्पर्क गरि खवर गरिद

    • प्रकाशित मितिः माघ १०, २०७९
    • ३४५ पटक पढिएको
  • सुखीपुरको गागन नदीमा चेनेलाईजेश्नले विगहौ जग्गा कटान हुनबाट जोगियो

    अनुभक्त चौधरीसिरहा,माघ ९ गते । नदी र खोलाको बाढीलाई नत रोक्न सकिन्छ नत छेक्न नै । बाढीसँगै आउने गेगरानले एकै छिनमा वस्तिसँगै उब्जाउ जमिन पनि सखाप पारी दिन्छ । यस्तै भएको छ सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ र १० हुँदै बगेको गागन नदीले । उक्त नदीले वर्षेनी उक्त क्षेत्रमा उब्जाउ जमिनलाई कटान मात्रै गर्दैन बगेको खोलाले धार परिवर्तन गर्न थालेपछि उक्त क्षेत्र वरिपरका वस्ति नै जोखिममा पर्दै गएको छ । नदीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत जलश्रोत सिंचाई डिभिजन सिरहामार्फत् गागन नदीको वहावलाई परिवर्तन गर्न नदीलाई चेनेलाइजेशनको काम गरेको

    • प्रकाशित मितिः माघ ९, २०७९
    • २०१ पटक पढिएको
  • मधेश प्रदेशसभाका स्वतन्त्र सांसद साह र जैसवाल जसपा प्रवेश

    धनुषा,माघ ८ गते । मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् ।उनीहरुलाई आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।मधेश प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए, दुई जना प्रवेश गरेपछि अब १८ जना हुनेछ । अनलाईल खवर बाट

    • प्रकाशित मितिः माघ ८, २०७९
    • २५१ पटक पढिएको
  • महोत्तरीको गोनरपुर पोखरीमा क्रेटिङ वाल निर्माणले स्थानिय खुसी

    अनुभक्त चौधरीमहोत्तरी,माघ ८ गते । वर्षामा आउजाउ गर्न समस्या भईरहेको बेला महोत्तरीको एकडेरा गाउँपालिका वडा नं. ६ गोनरपुरको राम जानकी पोखरीमा मधेश प्रदेश सरकारको चालिस लाखको लागतमा क्रेटिङ वाल निर्माणले स्थानिय खुसी भएका छन् ।वर्षातको याममा पोखरीको पानीले पूर्व र उत्तर पट्टीको डिल भासिदै जाँदा मधेश प्रदेश सरकार अन्तर्गत उद्योग,पर्यटन तथा वन मन्त्रालयको उक्त रकमले १५७ घन मिटर क्रेटिङ वाल संगै घाट निर्माणले आउजाउ गर्न सहज भएको र घाटले नुहाई धुवाई गर्न सहयोग पुगेको स्थानियले जनाउनु भयो ।पोखरीको दक्षिण रउत्तर डिलमा खाल्ड खुल्डि,मन्दिर र घरहरु भासिदै जाँदा क्रेटिङ वाल र घाट निर्माणले घरहरु जोगिए संगै

    • प्रकाशित मितिः माघ ८, २०७९
    • २२७ पटक पढिएको
  • अवैध क्रसरमा जनप्रतिनिधिकै संलग्नता, चोखिन दिनहुँ पत्रकार सम्मेलन

    बर्दिबास, माघ ७ गते । जिल्ला समन्वय समिति महोत्तरीले पुस ७, १० र १३ गते क्रसर उद्योगको स्थलगत अनुगमन गरी अवैध उद्योग बन्द गर्न निर्देशन दिएको छ । समितिले लगत्तै ७ बुँदे सुझावसहित अनुगमन प्रतिवेदन जारी गरेसँगै स्थानीय तहका प्रमुख देखि अधिकांश जनप्रतिनिधिहरूमा तरङ्ग आएको छ । जनप्रतिनिधिहरू आफू चोखिन दिनहुँ जस्तै पत्रकार सम्मेलन गरी नाटकीय प्रतिक्रियाहरू दिँदै आएका छन् । बर्दिबास नगरपालिका समितिलाई नै उल्टै गलत साबित गर्ने प्रयास गर्दै पत्रकार सम्मेलन गरेसँगै जिल्ला समन्वय समिति महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलन गरी जनप्रतिनिधिहरू क्रसरमा संलग्न हुनु दुर्भाग्य भएको जनाएको थियो । जिम्मा पा

    • प्रकाशित मितिः माघ ७, २०७९
    • २०३ पटक पढिएको
  • बेङाडावर पोखरीमा घाट निर्माणले चाड पर्व लगायत अन्य काम गर्न सहज

    अनुभक्त चौधरी,धनुषा,माघ ७ गते । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ९ बेङाडावरमा अवस्थित ऐतिहासिक बेङाडावर पोखरीलाई मधेश प्रदेश सरकारले सौन्दर्यकरणका लागि विभिन्न खाले संरचनाहरु निर्माण गरिएकोे छ । मधेश प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालय अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालय लहान मार्फत् करिव ४४ लाखको लागतमा घाट निर्माण, कम्पाउण्ड वाल, सोलार लाईट, कुर्सी लगायतका संरचना निर्माण गरिदिएपछि वर्षौ पुरानो रहेको पोखरी सौन्दर्यकरणसँगै संरक्षण समेत भएको हो । पौराणिक भनाइ अनुसार उक्त ठाउँमा बेंग नै बेंग अथवा (भ्यागुता नै भ्यागुताको वास रहेकाले उक्त ठाउँलाई बेंगाडाबर नामाका

    • प्रकाशित मितिः माघ ७, २०७९
    • १६७ पटक पढिएको
  • मधेश आन्दोलनको १६ औ बलिदान दिवस मनाइँदै

    सिरहा,माघ ५ गते । प्रथम  मधेश आन्दोलनको आज १६ वर्ष पूरा भएको छ ।आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए ।प्रथम बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन सुरु भएको थियो ।आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो शहीद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।बलिदानी

    • प्रकाशित मितिः माघ ५, २०७९
    • १८३ पटक पढिएको
  • धनुषा : केमिलीपुर सामुदायिक वन क्षेत्रको बथान गहिरी पार्क निर्माण

    अनुभक्त चौधरीसिरहा,माघ ५ गते । धनुषा जिल्लाको मिथिला नगरपालीका वडा नं. ७ केमिलीपुर सामुदायिक वन क्षेत्रको बथान गहिरी स्थानमा पार्कको संरचनाहरु निर्माण भएको छ । आर्थिक वर्ष २०७८/०७९ को मधेश प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालयको ३८ लाखको लागत सहयोगमा भू तथा जलाधार व्यवस्थापन कार्यालय लहान मार्फत पार्क निर्माण हुन लागेको हो । चुरेको फेदमा अवस्थित अति रमणीय र मनमोहक दृश्य समेत रहेकाले सबैको आकर्षणको केन्द्र बन्ने सक्ने उद्देश्यका साथ उक्त स्थानमा पार्क निर्माण प्रक्रिया शुरु गरिएको स्थानीय रामकुमार महतोले जनाउनुभयो ।१५ हेक्टर क्षेत्रफलमा बन्न लागेको पार्कमा अहिले १७० मिटर लम्व

    • प्रकाशित मितिः माघ ५, २०७९
    • २५२ पटक पढिएको
  • वीरगञ्जबाट साढे २२ लाख रुपैयाँसहित २ जना पक्राउ

    काठमाण्डौ,माघ ४ गते । स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगञ्जमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वीरगञ्जको नगवाका ३४ वर्षे विकास साह र मनियारी बस्ने सुवासकुमार साह रहेका प्रहरीले जनाएको छ ।प्रहरीले उनीहरुको साथबाट ५०० र १००० दरका साढे २२ लाख रुपैयाँ नगद, मोबाइल र भारती नम्बरको स्कुटर बरामद गरेको छ ।वीरगञ्जको घण्टाघर नजिकै शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई रोकेर सोधपुछ गर्दा रकम फेला परेको थियो ।त्यो रकम हुण्डीको भएको आशंकामा उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अनलाईन खवर बाट

    • प्रकाशित मितिः माघ ४, २०७९
    • २३० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२