सिरहा,फाल्गुन १ गते । सिरहाको गोलबजारस्थित सिरहा एवीमलको गोदाममा आगलागी हुँदा गोदाममा रहेको खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, फर्निचर, किचेन लगायतका लाखौ मूल्य बराबरको सामाग्री जलेर नष्ट भएको छ ।
सुपरमार्केट प्रा.लि.द्वारा सञ्चालित एवी मलको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोलबजारले जनाएका छन् । आगलागीको कारण र क्षतिबारे यकिन नभएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजु के.सी.ले वताउनु भयो ।

मलमा विक्रिका लागि ल्याईएका सवैभन्दा बढी मूल्यको कपडा, खाद्यान्न सामाग्री, इलेक्ट्रोनिक्स, फर्निचर, किचेनका सामाग्री, एसी मेसीनहरु लगायत लाखौं मूल्य बराबरको सामाग्री जलेर नष्ट भएको मलका प्रमुख कार्यकारी अधिकृत पीन्टु राउतले जानकारी दिएका छन् ।
स्थानीय, गोलबजर नगरपालिका, सिरहा नगरपालिका र लहान नगरपालिकाको दमकलले ३ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको जनाइएको छ ।
एबी.मलमा गएर किनमेल गर्ने उपभोक्ताहरुको कमीका कारण पछिल्लो केही दिनदेखि मलमा आर्थिक मन्दी लाग्दै आएको जनाइएको छ । मलको बिक्रीमा मन्दीका कारण अत्तालिएका संचालकले आफैले पनि गोदाममा आगो लगाएको हुन सक्ने स्थानीयको आरोप छ ।





















