सिरहा,माघ २४ गते । सिरहाको लहान नगरपालिका वडा नं. २२ गमहरीयामा सलहेश यूथ क्लवद्वारा आयोजित प्रथम गोल्ड कपको फाईनल पेनाल्टी खेलमा गोलवजार स्पोर्ट कल्वले गाईघाट फुटवल टिम गाईघाटलाई ३ का विरुद्ध ४ गोलले जित हासिल गरेको छ ।

विजयी गोलबजार स्पोर्ट क्लवलाई एकावन्न हजार नगद र दोस्रो हुने गाईघाट फुटवल कबल्वलाई सताईस हजान नगद ट्रफी तथा मेडल प्रदान गरेको थियो ।
माघ १६ गतेदेखि संचालन भएको खेलमा सिरहा, ससप्तरी, उदयपुर,धनुषा र सिन्धुली गरी ८ वटा टिमको सहभागिता रहेको आयोजकले जनाइएको छ ।





















