सन्ताेष कुमार साहसिरहा,असोज ६ गते ,। सिरहाको भगवानपुर चौकमा सवारी चालकको लागुऔषध सेवन परीक्षण गरिएको छ।“लागू पदार्थ सेवन नगरौँ” भन्ने मूल नाराका साथ आज विहान हुलाकी सडकखण्डमा गरिएको परीक्षणका क्रममा शंकास्पद १६ जना सवारी चालकको लागुऔषध सेवन परीक्षण गरिएको थियो। परीक्षणमा ६ जना चालकको रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ।उक्त कार्यक्रममा भगवानपुर गाउँपालिका–१ का वडा अध्यक्ष इन्द्र प्रसाद यादव, र्इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्याल, जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनी, स्वास्थ्यकर्मी तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति
सिरहा असोज ६ गते । सिरहाको बरियारपट्टीमा प्रत्येक वर्ष लाग्ने ईन्द्र मेलाको उपल्यक्षमा आज स्थानियहरुको सहयोगमा बजार सरसफाई गरेको छ ।प्रत्येक वर्ष स्थायिनहरुको सहयोगमा उक्त स्थानमा भव्य मेला आयोजना हुने मेलामा पूर्ण सरसफाई उदेश्यले आज स्थानियहरुको सहयोगमा सरसफाई कार्यक्रम राखेको स्थानिय पत्रकार मुकेश कुमार यादबले जानकारी दिनुभयो ।पत्रकार यादबका अनुसार बरियारपट्टीमा परम्परा, संस्कृति तथा मनोरञ्जनलाई समेट्दै इन्द्र मेला महोत्सव आयोजना हुने गरेको छ। इन्द्र मेला समितिको आयोजनामा हुने महोत्सवमा कलश यात्रा, नाच, सांस्कृतिक कार्यक्रम तथा मिथिला सांस्कृतिक कार्यक्रमलगायतका गतिविधि सञ्चालन गरिने आयोजकले
सिरहा, असोज, ५ गते । धनुषा जिल्लाको अति ग्रामीण क्षेत्र डुमरियामा महान शहीद क.सूर्यनाथ रान यादवको नामबाट स्थापित सूर्य नाथ रान यादव अस्पताल संचालनमा आएको छ । उक्त अस्पतालको उद्घाटन विधिवत् रुपमा पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको हो । अस्पतालको उद्घाटन गर्नुहुँदै पूर्व प्रधानमन्त्ती तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले ग्रामीण भेगमा स्थापित यस अस्पतालले यस भेगका वासिन्दाहरुलाई स्वास्थ्य सेवा लिन भोगिरहेको समस्या समाधान हुने उल्लेख गर्नुभयो ।स्थानीय बुद्धिजीवी, अस्पताल विद्यालय व्यवस्थापन समिति, स्थानीय नेताहरुको सक्रियता
३ असोज, सिरहा । सिराहाको धनगढीमाई वडा नं. १० का अनिता महतोले आफ्नै वर्मिकम्पोष्ट युनिट स्थापना गरी सफल प्रयोग गरिरहेकी छन् । युरिया र डिएपी जस्ता रासायनिक मलमाथिको अचाक्ली निर्भरता हटाउँदै गाईवस्तुको गोबर, मुत्र र खेतबारीको अवशेष प्रयोग गरेर आफ्नै वर्मीक कम्पोष्ट (गड्यौले मल) युनिट स्थापना गरी आफ्ना खेत वारीमा भरपूर प्रयोग गरिरहेकी छन् । “पहिला मेरो श्रीमान् रासायनिक मलका बोरा बोकेर ल्याउनुहुन्थ्यो,“ अनिता भन्नुहुन्छ, “तर अहिले हाम्रो परिवार पूर्ण रूपमा आफ्नै भर्मीक कम्पोष्टमा निर्भर छ ।“ आज उहाँले कौसी र तरकारी खेतीमा मात्र नभई एक बिघा धान खेतीमा समेत गड्यौले मलको सफल प्रयोग गरी उत्
सिरहा,भदौ २७ गते । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज तथा पूर्व मन्त्री विश्वनाथ साहले अहिलेको सरकार अर्कैको इशारामा चलेको वताउनुभएको छ । आज सिरहाको धनगढीमाई नगरपालिकाको नगर एकता तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता साहले तिब्बतका धर्म गुरु दलाई लामाको जन्मोत्सव मनाउनु, जेनजी शहीद स्मृतिको दिवसमा ठगी मुद्दामा जेल सजाय भोगिसकेका धर्म गुरुहरु विजय भण्डारी, श्रीनिवास आचार्यलाई गृह मन्त्री सुदन गुरुङसँगै राखेर कार्यक्रम गर्नु शहीदहरु प्रतिको अपमान मात्रै गरेन सरकार कसरी चलेको छर्लंग भइरहेको आरोप लगाउनुभयो ।नेता साहले दर्जनौ जेनजी शहीदहरुको र
सिरहा भदौ २५ गते । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले राष्ट्रिय स्वाधीनताको गम्भीर संकटमा रहेको बताएका छन्।जनजी आन्दोलनको एक वर्ष पूरा हुन लागेको प्रसंग उल्लेख गर्दै प्रचण्डले भदौ २४ गतेपछि संविधान मिचेर सरकार गठन, संसद् विघटन र नेपालको आन्तरिक मामिलामा विदेशीले फैसला गर्न थालेको आरोप लगाए।उनले नेपाली जनताको हातमा देश फर्काउन नयाँ संयुक्त मोर्चा गठन गरी आन्दोलन अघि बढाउनुको विकल्प नरहेको बताए। देश संकटमा परेको बेला सबै नेपाली एकजुट भएर एकअर्कालाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो।सिरहाको मिर्चैयामा आयोजित सिरहा जिल्लास्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई
सिरहा,भदौ २५ गते । जनता मा.वि. तिनकोनी धनगढीमाई न.पा. ५ सिरहाले बाढी पिडितलाई आर्थिक सहयोग गरेका हुन ।भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा लागयतका क्षेत्रमा बाढीबाट प्रभावित पिडितहरुको सहयोगको लागी विधालयबाट राहत स्वरुप आर्थिक संकलन गरी प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा जम्मा गरको छ ।विधालयका बालविकास देखी कक्षा १२ सम्मका विधार्थी तथा शिक्षकहरुले आर्थिक संकलन गरी बारह्र हजार एक सय पैसठी रुपैया जम्मा गरेको विधालयका प्र.अ. जितेन्द्र चौधरीले बताउनु भयो ।प्र.अ. चौधरीका अनुसार भदौ १० गते विहान आएको विनाशकारी बाढीका कारण हजारौंले ज्यान गुमाए, हजारौं घर विहिन भए उहाँहरुको लागी विधा
लहान,भदौ २१ गते । भदौ १० गते भोटेकोसीमा आएको बाढीले सम्पर्कविहीन भएका लहान नगरपालिका –११ का नेपाली सेनाका पियुठ विवेकनारायण चौधरी सम्पर्कविहीन भएको बाह्र दिन पुग्दासम्म सम्पर्कमा आउनुभएको छैन । परिवारजनले उहाँको पर्खाइमा बाटो कुरेर बस्नुभएको छ । निम्न वर्गीय किसान परिवारमा जन्मेका चौधरी उमेरले २८ वर्ष लाग्नुभएको छ । नेपाली सेनाको सिपाहीको रुपमा भर्ना भएको दश वर्ष पुगेका चौधरी सेनामा फुटबल क्लबमा एक उर्जावान खेलाडी हुनुहुन्छ । खेलकुदमा निकै रुचि राख्ने चौधरी माध्यमिक विद्यालयमा पढ्दैगर्दा एक प्रतिभावान खेलाडिको रुपमा चिनिएको लहान –११ को वडाध्यक्ष सूर्यनारायण चौधरीले बताउनुभयो । &
सिरहा,साउन १४ गते । कर्फ्यु आदेशका बाबजुद सिरहाको गोलबजारमा प्रदर्शनकारीहरूले आगजनी तथा तोडफोड गरेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।प्रहरीको गोली लागेर मृत्यु हुनेमा सिरहाको औरही गाउँपालिका–२, तुलसीपुरका करिब २० वर्षीय गणेश यादव रहेका छन्।घाइतेमध्ये धनुषा जिल्लाका २० वर्षीय सुभाष ठाकुर रहेको खुलेको छ। उनलाई थप उपचारका लागि विराटनगर लगिएको छ। अर्का एक घाइतेको पहिचान भने खुल्न सकेको छैन।प्रदर्शनकारीहरूले गोलबजार क्षेत्रमा नाराबाजी गर्दै केही मोटरसाइकलमा आगजनी गर्नुका साथै घरहरूमा तोडफोड र आगजनी गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएक
सिरहा,जेष्ठ १३ गते । मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेलले आगामी बजेटमा सबै किसानहरूले अपनत्व महसुस गर्ने गरी पूर्ण रूपमा किसानमुखी कार्यक्रमहरू तयार पार्न निर्देशन दिनुभएको छ।पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, जनकपुरधामद्वारा मंगलबार आयोजित पशुपन्छी तथा मत्स्य विकास क्षेत्रका विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रमुलाई सम्बोधन गर्दै मन्त्री पटेलले विगतका कमजोरीहरू सच्याउँदै काम गर्न सचेत गराउनुभयो। विगतका वर्षहरूमा वितरण गरिएका कृषि अनुदानहरू वास्तविक किसान (रियल किसान) सम्म नपुगी केवल कागजी प्रक्रिया पुर्याएर मन्त्रालयको रकम दुरुपयोग भएको व्यापक गुन
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.