सिरहा माघ १६ गते । सिरहामा गोली प्रहारबाट एक जनाको हत्या भएको छ। सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् । स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार छेउको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेका बेला अज्ञात व्यक्तिले अचानक गोली प्रहार गरेका थिए। गोली लागेपछि यादवको घटनास्थलमै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डीएसपी रमेशबहादुर पालले प्रारम्भिक रूपमा घटनास्थलको अवस्था हेर्दा गोली हानी हत्या गरिएको देखिएको जनाउनु भयो । उनका अनुसार कसले र किन गोली हानेको हो भन्ने विषयमा हालसम्म केही खु
सिरहा, माघ १६ गते । सिरहाको गोलवजारमा प्रेस सेन्टर नेपाल सिरहाले २२ औं सथपना दिवस मनाएको छ । परिपर्तनको पक्षमा कलम चलाउदै वलिदान दिउका महान सहिद कृष्ण सेन ईच्छुक सहित सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पपन गर्दै २२ औं सथपना दिवस मनाएको हो ।मुलुकमा हरेक परिवर्तन सञ्चार क्षेत्रका विषेश भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा समाजको अग्रगामी भूमिकामा रही प्रेस सेन्टरले देश,जन्ता र श्रमजीवी वर्गको हितमा सञ्चारकर्मीले आफुलाई उभ्याउनु पर्ने नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साहले बताउनु भयो । पुर्व मन्त्री रामचन्द्र यादवले महान सहिद कृ
सिरहा,माघ ७ गते । आसन्न निर्वाचनमा सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रका लागि विभिन्न पार्टी तथा स्वतन्त्र गरी पूर्व दश मन्त्री सहित एक सय ३७ जनाले चुनावी प्रतिस्पर्धा गर्दैछ । जसमध्ये निर्वाचन क्षेत्र ४ मा मात्रै पाँच जना पूर्व मन्त्रीहरु रहेका छन् ।युवा देखि पूर्व मन्त्रीसम्मको चुनावी प्रतिस्पर्धाले सिरहामा रौनकता ल्याएको छ । आ आफ्नो तुल ब्यानर लिएर नेता कार्यकर्ताहरुको गाउँ गाउँमा बाक्लो उपस्थिति देखिन्छ भने विभिन्न खालको तुल, ब्यानर झण्डाले गाउँहरु रंगिएका छन् ।सिरहा क्षेत्र नं। १ का अन्तरिम सरकारका मन्त्री बनेका बब्लु गुप्ता रास्वबाट चुनावी मैदानमा उत्रेको छ भने सामान्य प्रशासन मन्त्री बन
सिरहा, माघ ६ । सिरहाका चारै वटा निर्वाचन क्षेत्रमा राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवारहरूले उल्लासमय वातावरणमा मनोनयन दर्ता गराएका छन्। आ–आफ्ना समर्थक र दलबलसहित विभिन्न दलका उम्मेदवारहरू मनोनयन दर्तामा सहभागी भएका हुन्।मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीलगायतका दलका उम्मेदवारहरू सहभागी भएका छन् भने केही स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन्।निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार मनोनयन दर्तालाई सहज बनाउन चारै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ। जसअनुसार निर
सिरहा,माघ ५ गते । जनमत पार्टीका राष्ट्रअध्यक्ष डा. सी. के. राउतले मधेसका अधिकार, पहिचान र समानताका लागि संघर्ष जारी राख्नुपर्नेमा जोड दिनुभएको छ।लहानमा माघ ५ गते आयोजित बलिदानी दिवस कार्यक्रममा उहाँले देशमा संघीयता, समावेशीता र पहिचानका मुद्दा स्थापित भए पनि सहिदहरूले देखेको सपना अझै पूर्ण रूपमा साकार हुन नसकेको बताउनुभएको छ।डा. राउतले सहिदहरूको बलिदानले संघीयताको ढाँचा निर्माण गरेको तर मधेसका वास्तविक माग अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै, अधिकार र पहिचानका लागि संघर्षको विकल्प नरहेको प्रस्ट पार्नुभएको थियो।मधेस आन्दोलनका क्रममा आजकै दिन २०६३ माघ ५ गते लहानमा स्थानीय युवा रमेश महतोले ज्या
सिरहा, माघ ४ ।संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले कृषि र पशुपन्छी क्षेत्रको विकास बिना समग्र आर्थिक विकास सम्भव नहुने बताउनुभएको छ । मन्त्रालयले यी क्षेत्रको विकासका लागि योजनाबद्ध र सूक्ष्म रूपमा काम अघि बढाइरहेको उहाँले उल्लेख गर्नुभयो ।सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–६ कडरबोनामा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रको आज उद्घाटन तथा हस्तान्तरण गर्दै मन्त्री परियारले यस केन्द्रले स्थानीय कृषक तथा पशुपालकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट कार्यविभाजन र समन्वय आवश्यक रहेको बताउँदै स्थानीय तहलाई
सिरहा,पुस ३० गते । माघी पर्वको अवसरमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित तिनकोनीमा स्थानीय स्तरमा गठित सूर्योदय टोल सुधार संस्थाले जेष्ठ नागरिक, अपांग तथा एकल महिला दुई दर्जन बढी व्यक्तिहरुलाई न्यानो कपडा फाइबर सिरक वितरण गरेको छ । स्थानीय स्तरमा संकलित रकमबाट जाडो छल्न फाइबर सिरक वितरित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै धनगढीमाई नगरपालिकाका निवर्तमान नगरप्रमुख एवम् नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरीले गाउँवासीको एकताकै कारण जेष्ठ नागरिक सम्मान गर्ने ठाउँसम्म आइपुगेकाले अझ एकतालाई मजबूत पार्दै जानुपर्ने वताउनुभयो । उक्त कार्यक्रममा विशिष्ट अतिथि बुद्धिला
सिरहा,पुस २९ गते । सिरहा । सिरहाको लहान नगरपालिकाको १७ औँ नगरसभा भव्यरूपमा सम्पन्न भएको छ । उद्योगपति तथा समाजसेवी उमाप्रसाद मुरारका तथा प्रादेशिक अस्पतालका जग्गादाता मुरारी प्रसाद मुरारकाको प्रमुख आतिथ्यतामा नगरसभा सम्पन्न भएको हो ।नगरसभामा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रमहरूमाथि विस्तृत छलफल गरिएको छ । सभामा प्रस्तुत नीति तथा कार्यक्रमहरूलाई नगरको आवश्यकता र जनताको चाहनाअनुसार थपघट गर्नुपर्ने विषयमा नगरसभा सदस्यहरूले सुझाव दिएका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुरारी प्रसाद मुरारकाले स्थानीय तहको विकासमा नगरपालिकाले ल्याउने नीति तथा कार्यक्रम जनताको जीव
सिरहा, पुस २६ गते । सरहाको लहान नगरपालिका वडा नं. ११ वेलीमा जोईस (जोशी) थाक वंशावलीहरूको छैठौं राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।देशभरबाट आएका जोईस वंशावलीका प्रतिनिधि तथा अगुवाहरूको व्यापक सहभागितामा सम्मेलन सम्पन्न भएकोे हो ।कार्यक्रमका प्रमुख अतिथि उच्च अदालतका पूर्व न्यायाधीश तथा समाजसेवी सत्यमोहन जोशीले वंशावली संरक्षण केवल इतिहास जोगाउने काम मात्र नभई सामाजिक एकता, संस्कार र पहिचानलाई पुस्तौंदेखि निरन्तरता दिने अभियान भएको उल्लेख गर्नुभयो ।अधिवेशनमा संगठनको हालको अवस्था, भावी रणनीति, वंशावली अभिलेखीकरण, युवा सहभागिता र सामाजिक सेवाका विषयमा विस्तृत छलफल गरिएको थियो ।जोईस समुद
सिरहा, पुस २२ गते । बढ्दो चिसोसँगै शीतलहरको प्रभाव तीव्र बन्दै गएपछि लहान नगरपालिकाले चिसोबाट बच्न सहयोगस्वरूप फाइबरको सिरक वितरण गरेको छ । नगरपालिकाले अति विपन्न, दलित तथा गरिब परिवारलाई लक्षित गर्दै हालसम्म ७ सय ४० जनालाई सिरक वितरण गरेको हो ।जाडोयाममा चिसोका कारण हुने स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त सहयोग सामग्री वितरण गरिएको लहान नगरपालिकाले जनाएको छ । चिसो मौसमका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी प्रभावित हुने भएकाले उनीहरूलाई प्राथमिकतामा राखेर सिरक वितरण गरिएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा ७ सय ४० जनालाई सिर
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.