धनुषा माघ २५ गते । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित सार्वजनिक पोखरीमा मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयको ३८ लाखको लागतमा पोखरी घाट निर्माण भएको छ । 

मधेश प्रदेश सरकारको पोखरी सौन्दर्यकरण कार्यक्रम अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालय लहान सिरहामार्फत् भएको उक्त घाट निर्माणले स्थानीयलाई नुहाई धुहाई देखि छठ पूजा गर्न सजिलो भएको स्थानीय रंजिता महराले वताइन् ।

 vlcsnap-2023-02-08-07h21m56s778

नक्टाझिज गाउँको बीचमा अवस्थित उक्त पोखरीमा यस अघि घाट निर्माण अभावमा वर्षातको समयमा पोखरी पुरिदै जानुको साथै मिथिला संस्कृति पर्व अन्तर्गत मनाइने छठ पूजाको बेला पोखरीको डिललाई खनेर घाट निर्माण गरिंदा पोखरी क्षय हुँदै गएको थियो । मधेश प्रदेश सरकारले पोखरी घाट निर्माण गरिदिएपछि सो समस्या हटेको स्थानीय शत्रुधन महतो वताउनुहुन्छ । 

स्थानीय क्लवको स्वामित्वमा रहेको उक्त सार्वजनिक पोखरी वर्षेनी एक लाख ३० हजारमा ठेक्का लाग्ने गरेको छ । ठेक्काबाट प्राप्त रकमबाट स्थानीयले समाजिक काममा लगाउने गर्दछ । 

vlcsnap-2023-02-08-07h21m41s495

बजेट सीमितताको कारण पोखरीको पश्चिम भागमा मात्र पोखरी घाट निर्माण भएको छ । अझै तीन तिरको डिल पक्की घाट निर्माण गर्न बाँकी रहेकाले थप आर्थिक सहयोग गरिदिन स्थानीयले मधेश प्रदेश सरकारसँग माग गरेको छ । 

vlcsnap-2023-02-08-07h21m49s077