नरेशचन्द्र बरबरिया सिरहा माघ १९ गते  । हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको पुल पुनःनिर्माणको माँग गर्दै नेपाल सरकारका उप-प्रधानमन्त्री, भौतिक पुर्वाधार तथा  यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन ।

बुधबार सिरहा नगरपालिका वडा न.६ का वडा अध्यक्ष ईन्द्रजित कुमार  गोठिया (यादव )ले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय काठमाडौमा मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका हो ।
निर्माणको अन्तिम चरणमा पुगेको बेला सामान्य बाँढीले भासिएको पुल पुनः निर्माणको मागगर्दै हुलाकी सडक संघर्ष समितिले दबाबस्वरूप प्रर्दशन समेत गरेका छन ।
                                                                                                    भासिएको पुल निर्माण रोकिँदा प्रदेश राजधानी जनकपुरधाम जान यस क्षेत्रका नागरिकलाई तीन गुणा लामो यात्रा गर्नुपर्ने बाध्यता रहेको यादवले बताए ।

कमला नदीमा ११ वर्षअघि २०६८ सालदेखि पुल निर्माण सुरु भएको थियो। पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्सले संयुक्त रूपमा लिएका थिए। तीन वर्षमा सक्नुपर्ने पुल ६ वर्ष भइसक्दा पनि पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न नगर्दा हुलाकी सडक निर्देशनालयले जेभीका अर्का साझेदार लुम्बिनी बिल्डर्सलाई जिम्मेवारी दिएको छ।

लुम्बिनी बिल्डर्सले ९५ प्रतिशत काम सम्पन्न गरी पुल उद्धाटनको तयारी गरिरहँदा १९ महिनाअघि २०७८ असार १७ मा बाढीले पाया भासिएको थियो। त्यसको चार महिनापछि अर्को पाया पनि भासियो। जसका कारण सिरहा र धनुषाका जनतालाई आवत जावत गर्न सकस हुने गरेको छ।