X wada

स्थानिय

    Showing ३६१-३७० of १,३२३ items.
  • अनुदानको मल वेवारिसे अवस्थामा फेला

    अनुभक्त चौधरीसिरहा,चैत्र २५ गते ।सिरहाको मिर्चैया नगरपालिका वडा नं.७ छ घरियाबाट वेवारिसे अवस्थामा रहेको पचास बोरा सरकारी अनुदानको युरिया मल फेला परेको छ । विशेष सुराकीको आधारमा लुकीछिपी अनुदानको मल बाहिर लान लागेको सूचना पाएपछि छापा मार्दा उक्त अनुदानको युरिया मल फेला परेको हो । हालसम्म मल मेरो हो भन्ने कसैले दावी नगरेको जनाइएको छ ।  फेला परेको मल आज मिर्चैया नगरपालिकाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरी आवश्यक कानुनी प्रक्रिया पश्चात मल स्थानीय कृषकहरुलाई बाँड्ने मिर्चैया नगरपालिकाका कृषि तथा सहकारी प्रमुख धननज्य महतोले जानकारी दिनुभयो । रसायनिक अनुदानको युरिया मल हाहाकार

    • प्रकाशित मितिः चैत २५, २०७९
    • ३०१ पटक पढिएको
  • १७ लाखको भुक्तानी दिन आलटाल गर्दै चन्द्र नमूना विद्यालयका प्राचार्य कर्ण, सप्लायर्सको व्यापार चौपट

    सिरहा,चैत २४ गते । जिल्ला सदरमुकाम सिरहामा रहेको चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाले नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्ससँग विभिन्न मितिमा पटक पटक लिएको सरसमानको भुक्तानी दिनमा आलटाल गर्दै आएको रहस्य खुलेको छ । माग पत्र जारी गर्दै चमाविका प्राचार्य मधुसुदन कर्णको हस्ताक्षरित माग पत्रको आधारमा विभिन्न मितिमा पटक–पटक भवन निर्माण सामग्री दिए वापतको रकम भुक्तानीमा विद्यालयले आलटाल गर्दै आएको नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्स सिरहाका प्रोप्राईटर रोशन कुमार यादवले रहस्य खुलाए ।छड, सिमेन्ट र डोरी लगायत विभिन्न निर्माण सामग्री दिए गराए वापत भ्याट सहित १७ लाख ४ हजार ५ सय ८१ पैसा ४

    • प्रकाशित मितिः चैत २४, २०७९
    • ४,४६९ पटक पढिएको
  • बिओपी माडरमा सशस्त्रका डिएसपी खडकाले सम्हाले कमाण्ड, उनकै कमाण्डमा तीन बिओपी

    नरेशचन्द्र बरबरिया ,सिरहा चैत २० गते । सिरहाको माडर खैरटोका स्थित रहेकोबिओपीमा अब डिएसपीको दरबन्दी थप भएलगत्तै डिएसपीको रुपमा पवन  पवन खडकाले कमाण्ड सम्हालेका छन् । नेपाल–भारत सीमासँगै रहेको माडर लगायत तीन सशस्त्र बिओपीलाई कमाण्डका लागि  डिएसपी खडकालाई जिम्मेवारी दिएको हो । सीमासँगै रहेको बिओपी माडर(खैरटोका), बिओपी बरियारपट्टि, ईटाटार, लगडी गडियानी समेतको कमाण्ड लिएका हुन् । अबदेखि बिओपी माडरकै अधिनमा बाँकीका दुई बिओपी चल्ने भएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी माडर) मा अन्तर्राष्ट्रिय  प्रणाली अनुसार नै सुरक्षा निकायमा हुने कम्पनी अनुसार माडरमा डिएसपी धा

    • प्रकाशित मितिः चैत २०, २०७९
    • १,३२० पटक पढिएको
  • सडक ढलानले धुलो र हिलो मुक्त

    अनुभक्त चौधरी सिरहा,चैत्र १६ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.९ स्थित धनकुटे टोलमा मधेश प्रदेश सरकार अन्तरर्गत भौतिक पूवाधार विकास मन्त्रालयको पच्चिस लाख लागतमा सडक ढलान भएको छ ।पूर्वाधार विकास कार्यालय सिरहा मार्फत एक सय नव्वे मिटर लम्वाई, पाँच मिटर चौडाई र आठ ईन्चको मोटाईको पक्की ढलान भएको छ । वर्षाको बेला हिलो र सुख्खा मौसमको बेला धुलोको समस्या खेपिरहेको आफूहरुलाई सडक ढलानले सहज बनाएको स्थानीय अनिल सिंहले वताउनुभयो । वर्षाको बेला पानीले सडक हिल्लाम्मेको कारण एक ठाउँबाट अर्को ठाउँमा जान समेत निकै कठिनाई भइरहेको थियो । सडक ढलानले सहज भएको स्थानीय समुन्द्री महराको कथन रहेको छ ।&nbs

    • प्रकाशित मितिः चैत १६, २०७९
    • ३५० पटक पढिएको
  • सुकुम्बासीलाई जग्गा दिन नापजाँच

    जनकपुर,चैत १५ गते  । दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु गरेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिकाले भूमि आयोग जिल्ला समिति धनुषा र नापी कार्यालय धनुषाको समन्वयमा जग्गाधनी लालपुर्जा वितरण गर्नका लागि जग्गा नापजाँच सुरु गरेको हो। गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख तेजनारायण यादवले अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँचको काम गत हप्तादेखि सुरु गरिएको बताउनुभयो। उहाँले जग्गा नापजाँचको कार्यले पाँच दशक अघिदेखिको जग्गासम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। नगरप्रमुख यादव

    • प्रकाशित मितिः चैत १५, २०७९
    • २३२ पटक पढिएको
  • राजदेवी पंचावती मन्दिरको १० औं साधारण सभा सम्पन्न

    अनुभक्त चौधरीसिरहा चैत्र १४ गते । सिरहाको लहान नगरपालिका वडा नं. १५ ढोढनास्थित धार्मिक तथा ऐतिहासिक स्थल राजदेवी पंचावती मन्दिरको संरक्षण र सम्बर्धनको लागि सबै एक जुट भएर लाग्नुपर्ने सहभागीहरुले वताएका छन् । समितिको १० औं साधारण सभाको उपलक्ष्यमा संघीय सांसद लीलानाथ श्रेष्ठले सिरहाको धरोहरको रुपमा रहेको राजदेवी पंचावती मन्दिरको संरक्षणको लागि आफूले यथाशक्य पहल गर्ने वताउनुभयो ।    ऐतिहासिक तथा सबैको आस्थाको केन्द्र रहेको पंचावती मन्दिरलाई विकास गर्न सके सिरहा जिल्लाको मात्र नभई देश विदेशमा समेत पहिचान हुने श्रेष्ठले उल्लेख गर्नुभयो । कार्यक्रममा सिरहा क्षेत्र नं. १ (क)

    • प्रकाशित मितिः चैत १४, २०७९
    • १८९ पटक पढिएको
  • इँट्टाको पर्खाल भत्किंदा एकको मृत्यु, दुई जना घाइते

    सिरहा, चैत्र १० गते । सिरहाको गोलबजार नगरपालिका वडा नं. ८ स्थिति सगुन इँट्टा भट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ । पोलेको इँटा निकाल्ने क्रममा भट्टाको पर्खाल भत्किएर भारतको पश्चिम बंगालकी महिमा वीवीको मृत्यु भएको हो । घाइते हुनेहरुमा सोही स्थानका बबी विवी र ममता वीवी रहेको जनाइएको छ । उनीहरुको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ । मृतको शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी गोलबजारले जनाएको छ । गोलबजार नगरपालिकामा दर्जनौ इँट्ट

    • प्रकाशित मितिः चैत १०, २०७९
    • १,०९१ पटक पढिएको
  • एसईई परिक्षा नजिकीदै, सिरहामा दस हजार भन्दबढी सहभागि हुने

    सिरहा,चैत्र ९ गते । फलामे ढोकाको रुपमा लिईने एसईई परिक्षा २०७९ चैत १७ गतेदेखि हुन लागेको छ । सिरहामा यस वर्ष परिक्षामा १० हजार १ सय ५० सहभागि हुने भएको छ ।जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी एक सय ७१ विद्यालयल गरी चार हजार ६ सय ९२ छात्रा र पाँच हजार चार सय ५८ छात्र सहित १० हजार ६ सय ५० विद्यार्थी सहभागी हुन लागेको हो । जसमध्ये केन्द्रबाट प्राविधिक धारतर्फका तीन सय ४९ जना विद्यार्थी १० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् ।परीक्षा केन्द्रसम्म विद्यार्थीको सहज पहुँचको लागि यो वर्ष ४० वटा परीक्षा केन्द्रहरु तय गरेको जिल्ला समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जनाउनु भयो

    • प्रकाशित मितिः चैत ९, २०७९
    • १,१०६ पटक पढिएको
  • पहिचानको लागि पछिपरे :उपप्रमुख चौधरी

    सिरहा,चैत्र ५ गते । थारु कल्याणकारी सभा धनगढीमाईको नगर अधिवेशनमा धनगढीमाई नगरपालिका उपप्रमुख संगिता चौधरीले थारु कला संस्कृति र भेषभुषामा धनी भए पनि हकअधिकार लगायत पहिचानको लागि पछि परेको बताईन् ।उपप्रमुख चैधरीले बोल्दै थारु कल्याणकारी सभाको विधान वमोजिम विगतमा थारु अगुवाहरु मनोमानी ढङगले कार्य गरेकाले आज थरु एकजुट हुन नसकेको बताईन् ।उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थारु कल्याणकारी सभा धनगढीमाई नगरपालिकाले नगर भरीका थारुहरुको भेलाबाट नगर समितिमा शम्भु चौधरी सर्वसम्मत चयन गरेको छ  ।थारुको पहिचान,भेषभुषा,कला संस्कृति,भाषा संरक्षण गर्ने उद्देश्यले नगर स्तरिय समिति गठन

    • प्रकाशित मितिः चैत ५, २०७९
    • १,००९ पटक पढिएको
  • सामूहिक बजारीकरणको उद्घाटन

    सिरहा, चैत्र ३ गते । हरियो तरकारीको सामूहिक बजारीकरण गर्ने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ६ कट्टिोलमा सामूहिक बजारीकरणको उद्घाटन भएको छ । तरकारीको पकेट क्षेत्रको रुपमा वडा नं. ६, ७ र ८ नं. वडालाई लक्षित गरी संचालित सामूहिक बजारीकरणले त्यस भेगका किसानहरु लाभान्वित हुने जनाइएको छ । बजारीकरणलाई व्यवस्थित गर्न धनगढीमाई नगरपालिकाले सामूहिक बजारीकरण व्यवस्थापन समितिलाई एक लाख मूल्य बराबरको तराजु, क्यारेट, त्रिपाल लगायतका सामाग्री प्रदान गरेको छ । उक्त वडाहरुमा दैनिक ५० देखि सय क्वीन्टल हरियो तरकारी उत्पादन हुने गरेको छ । सामूहिक बजारीकरण अभावमा त्यस क्षेत्रमा उत्पादित ह

    • प्रकाशित मितिः चैत ४, २०७९
    • २७५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२