अनुभक्त चौधरी,

सिरहा,जेष्ठ १  गते । ट्राफिक नियमको पालना गरौं, सभ्य नागरिक बनौं नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले ट्राफिक सप्ताह २०८० शुरु गरेको छ । सवारी दुर्घटनालाई न्युनीकरण गर्न आज सोमवार देखि सपताहव्यापी ट्राफिक सचेतना अभियान  सुरु गरेका छन् ।

यात्रु,चालक र सडक प्रयोग कर्ता अनुसासित भए दुर्घटनामा कमी हुने लगायत बढ्दो सवारी दुर्घटनाबाट जिउधनको क्षती न्युनीकरण गर्न सप्ताह व्यापी अभिआनले सहयोग पुग्ने ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक टेकुनन्द ईवाले जनाउनु भयो ।

3

ट्राफिक सचेतना कार्यक्रममा सडक प्रयोग कतालाई बाटो कट्न सिकाउने,सिट क्षमता  र आरक्षण सिटको अनुगमन  गर्ने, दुईपाङ्ग्रे सवारी साधनका चालकलाई हेलमेट अनिवार्य गर्ने, प्रभात फेरी,पर्चा पम्पलेट वितरण,स्कूल कलेजमा प्रशिक्षण,माईकीङ्ग,जिङ्गल बजाउने लगायतका कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक मिन बहादु बस्नेतले उल्लेख गर्नु भयो ।

लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम समापन भएको थियो ।

5