बारा,बैशाख १२ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष तथा बारा २ का उम्मेदवार उपेन्द्र यादवले कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा पुगेका छन् ।
(जसपा) का अध्यक्ष यादवले चुनाव जित्नकै लागि आफूले उपनिर्वाचन लडेको पनि बताए । अहिले गणना भइरहेको छ । खुशी हुदै भने बाराका जनताले मलाई आशिर्वाद दिएका छ ।चुनाव जित्नेमा आफू विश्वस्त रहेको बारा २ का उम्मेदवार तथा (जसपा) का अध्यक्ष यादवले बताएका छन् ।
उनले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिदै अध्यक्ष यादवले आफू चुनाव जित्नेमा ढुक्क रहेको पनि बताए । ।
मतगणनाको प्राप्त मतपरिणाममा यादव जनमत पार्टीका शिवचन्द्र कुशवाहाको मतपरिणम भन्दा फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् ।
यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले चौथौ स्थानमा रहेको निर्वाचन कार्यालय बाराले जनाएको छ ।
यसअघि अध्यक्ष यादव मंसिर ४ मा सम्पन्न चुनावमा सप्तरी २ मा जनमतका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । त्यसपछि उनले पार्टीका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएसँगै रिक्त रहेको स्थानमा उपनिर्वाचन लडेका हुन् ।




















