सिरहा,जेठ १६ गते । १६ औं गणतन्त्र दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा स्कूल विभाग प्रमुख गिरिराजमणि पोखरेलले पार्टी सही नेतृत्व एवम् ठूलो संघर्ष एवम् बलिदानी पश्चात् प्राप्त समाजवाद उन्मुख गणतन्त्रलाई रक्षा गर्न सबैले आ आफ्नो ठाउँबाट लाग्नुपर्ने वताउनुभएको छ ।
आज सिरहाको धनगढीमाई नगरपालिकामा बुद्धिजीवी संगठनदारा गणतन्त्र दिवसको अवसरमा आयोजित समाजवाद, संगठन सुदृढीकरण प्रशिक्षण र वैचारिक अन्तरक्रियात्मक कार्यक्रम नेता पोखरेलले ठूला बलिदानी एवम् संघर्ष पश्चात् प्राप्त भएका गणतन्त्रलाई कतिपयले सखाप पार्न खोजिएकाले त्यसको विरुद्ध सबै एक भएर गणतन्त्रलाई रक्षा गर्नतर्फ लाग्नुपर्ने वताउनुभयो ।

ठूला राजनीतिक परिवर्तन भए पनि अधिकांश मानिसको गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य रोजगारी लगायत दैनिकी जीवनमा अनुभूति हुने गरी परिवर्तनको महसुस गर्न नसकिएकाले अझै सबैको हातेमालोको खाँचो रहेको नेता पोखरेलले वताउनुभयो ।
नेता पोखरेलले माआ्ेवादी पार्टी विधि र प्रक्रियामा नचलेको स्वीकार गर्दै अबका दिनमा अधिकारको रक्षा, राष्ट्रिय जगेर्ना, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा, भ्रष्टाचार विरुद्ध व्यापक अभियान चलाउनुको साथै दैनिकी जीवनमा परिवर्तन गर्ने खालको कार्यक्रम ल्याउनको विकल्प नरहेको वताउनुभयो ।
पार्टीमा अन्तरघातकै कारण ३२ सिटमा झरेको वताउँदै अब पनि पार्टी नसुध्रिए पतनको दिशामा माओवादी जानेमा प्रवल संभावना रहेको वताउँदै अबका दिनमा जनताले दैनिकी जीवनमा अनुभूति गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने नेता पोखरेलले वताउनुभयो ।

वुद्धिजीवी संगठन, धनगढीमाईदारा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य विश्वनाथ साह, केन्द्रीय सदस्य एवम् पूर्व मेयर हरिनारायण चौधरी, प्रेस संगठनका केन्द्रीय उपमहासचिव एवम् प्रचार प्रसार विभाग सदस्य हिरालाल चौधरी, धनगढीमाई नगरपालिकाका नगर अध्यक्ष प्रकाश योन्जन लगायत विभिन्न भातृ संगठनका नेता कार्यकर्ता तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बुद्धिजीवी संगठनका सचिव सुदिप कुमार चौधरी र अध्यक्षता ब्रहमदेव रामले गर्नुभएको थियो ।




















