सिरहा,बैशाख २७ गते । अबैध रुपमा लुकाई छिपाई राखेको ६२ लाख बढीको अबैध आयुर्वेदिक औषधी प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा र लहान बाट खटिएका प्रहरी टोली लहान न.पा.१ स्थित रविन्द्र कुमार साहको घरबाट उक्त परिमाणको भन्सार छलीको औषधी बरामद गरेको छ ।

निजको घरको बरण्डामा राखिएको बैसठ्ठी लाख पचहत्तर हजार मुल्य बराबरको औषधी बरामद गरेको छ । भन्सार छली गरी अबैध रुपमा ल्याएको Herbspro (mango flavour) - ५३ कार्टुन Herbspro,mango flavor(La Grandes) - ४ कार्टुन ,Herbspro,mango flavor(La Nutras) - ४ कार्टुन, Herbspro(ELaichiflavour) (La Nutras) - ५ कार्टुन, IG Boost Capsule -१०२ पाकेट, Lycotone Syrup - ६८२८ पाकेट ,Acicalm tablet- ७२ बोतल ,वेक्टो क्याप्सुल - १८ पाकेट ,रुदन्ति क्याप्सुल- १२ पाकेट ,L-Feroxt (Iron Capsule ) - २५२ पाकेट,Lycotone-XX Capsule - १९२ पाकेट,Protina (Chocolate Protin powder) -२७ बट्टा 

 बरामद गरेकोमा सिरहा प्रहरीको ठुलो उपलब्धी रहेको स्थानियहरु बताए । यस विषयमा थप अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता रविन्द्र राज पाण्डेले बताए ।