सिरहा,जेष्ठ २४गते । _सिरहामा अनियन्त्रित भएर बस दुर्घटना हुदा आठ जना घाइते भएका छ्न ।एक जनाको अब्स्था गम्भीर रहेको छ । नरहा गाउपालिका वडा न-३ स्थित रहेको अन्कुर होटेल नजिक मा दुर्गा डिलक्स को १ ख ५५३९ नम्बरको बस अनियन्त्रित भएर बस दुर्घटना भएको हो ।
दुर्घटनामा,जिल्ला सिरहा लक्ष्मीपुर पतारी बस्ने अ-बर्ष-४० कि लिलाबती मण्डल,सुखिपुर नपा-८ बस्ने बर्ष-३५ को रामलखन ठाकुर,अर्नमा गाउपालिका १ बस्ने बर्ष-१६ को बिनय कुमार राउत ,निजको दिदी सोही स्थानका बर्ष-१९ कि ज्योति राउत ,भारत देशको दर्भङा जिल्ला बस्ने बर्ष-६५ कि समिन्त्रा देबि चौपाल,गोलबजार नपा-५ निपाने बस्ने बर्ष-२१ कि सन्जिता यादब , घाइते भएको इलाका प्रहरी कार्यलय गोलबजारका इन्स्पेकटर डुपेन्द्र प्रसाद बुदाथोकीले जान्कारी दिए । घाइतेहरुको उपचार गोलबजारको लाइफ लङ हेल्थ केयर र नरहा गाउपलिकामा रह्व्को रोजि मेडिकलमा उपचार भइरहेको इन्स्पेकटर बुदाथोकिले जनाए ।
यता,घाइते भएकाहरु लाई मुख,टाउको ,हाथ,खुट्टा सरिरको विभिन्न अङहरुमा समान्य चोट-पटक लागेको छ । जिल्ला सप्तरी बस्ने बर्ष-५५ कि मैमुना खातुन लाई सिटि स्क्यान गराएर थप-उपचारका लागि बाहिर पठाउनु पर्ने अब्स्था रहेको लाइफलङ हेल्थ केयरका डा.अजय जयसवालले जान्कारी दिए ।




















