सिरहा,बैशाख २ गते । सिरहाको लक्ष्मीपुर पतारीमा गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्वको धार्मिक स्थल पताल पोखरीमा नुहाउन तराईको जिल्लासँगैसँगै भारतका विभिन्न स्थानका निःसन्तान महिलाहरुको आज ठूलो भिड लागेको छ ।

प्रत्येक वर्ष वैशाख २ गते भव्य रुपमा लाग्ने मेला पताल पोखरीमा आजका दिन निःसन्तान महिलाले नुहाउने क्रममा प्राप्त भएको सामाग्री शरीरमा धारण गर्दा सन्तान प्राप्त हुने जनविश्वासको कारण  पोखरीमा नुहाउन निःसन्तान महिलाहरुको भीड लागेको हो ।  

vlcsnap-2023-04-15-19h00m37s302

ग्रामीण क्षेत्रमा अवस्थित धार्मिक महत्वको ऐतिहासिक पताल पोखरीमा राजा हरिसिंह देवको मन्दिरमा पूजापाठ गरी पताल पोखरीमा नुहाउन निःसन्तान महिलाहरु विभिन्न ठाउँबाट ओइरिने क्रम वर्षौदेखि चलिआएको छ । २१ औं शताब्दीमा पनि यस खाले रुढिवादी सोचलाई निरुत्साहित गर्ने खाल अभियानहरु सरोकारवाला निकायको ध्यान जानुपर्ने आवश्यक रहेको देखिन्छ । 

 vlcsnap-2023-04-15-18h37m22s417vlcsnap-2023-04-15-19h00m47s011