धनुषा, बैशाख २६ गते । शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक(कर्मचारी आन्दोलित भएका छन् ।

धनुषाको बटेश्वर गाउँपालिका(४ स्थित  शिवशक्ति माध्यमिक नमूना विद्यालयका शिक्षक(कर्मचारी आर्थिक वर्ष २०७८र०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक(कर्मचारीहरू धर्नामा बसेका छन् ।

वैशाख २४ गतेदेखि पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै  अनिश्चितकालीन धर्ना बसेको हो।   शिक्षकहरुको आन्दोलनले पठनपाठन प्रभावित भएको छ ।

 पहिलो चरणमा वैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए ।

 पटक(पटक तलबभत्ता मागलाई बेवास्ता गर्दा विद्यालय प्रशासले आलटाल गरेकाले धर्ना बस्नु परेको शिक्षक फुलगेन महतोले बताए । 

वैशाख १२ गते विद्यालयका प्राधानाध्यापक प्रमोदशरण केवटलाई ज्ञापन बुझाउँदै यथाशीघ्र माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसहितको शिक्षक(कर्मचारीले ज्ञापन पत्र बुझाएका थिए ।

प्राधानाध्यापक केवटलेकेही शिक्षको तलब ११ महिनादेखि नपाएको स्वीकार गरे ।उनीहरुको माग सम्बोधन गर्न जनप्रतिनिधि र आन्दोलित शिक्षकसँग छलफल भइरहेको उनले बताए ।