सिरहा,चैत्र ४ गते ।सिरहाको धनगढीमाई नगरपालिका वडा नं.११ स्थित आँप चौकमा चेक जाँचको क्रममा हतियारसहित धनगढीमाई नगरपालिका वडा नं.११ का ४२ वर्षीय ब्रहमदेव यादवलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीको प्रहरी टोलीबाट पक्राउ परेका यादवको साथबाट fyaf6 BR 32 AB 0449 को मोटरसाईसँगैMade In Italy लेखिएको पेस्तोल, सोमा लाग्ने ५ राउण्ड गोली, एक थान म्याग्जिन र एक थान मोवाइल बरामद गरिएको छ ।विभिन्न अपराधिक गतिविधिमा संलग्न यादव प्रहरीको निगरानीमा रहेको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस पार्टीको आडमा विभिन्न अपराधिक गतिविधिमा संलग्न यादवको थप अनुसन्धान भइर
सिरहा, चैत्र ४गते । सद्भाव, अपनत्व भावना मिसिएको होली पर्व आज तराई मधेशको जिल्लाहरुमा धुमधामसँग आज मनाइँदैछ । त्यस क्रममा सिरहाका गाउँ, शबहर सबैजसो ठाउँमा होलीले रौनकता लिएको छ । एक अर्कालाई अबिर र रंग दलिएर रमाइलो गर्ने गरिएको छ । विगत दुई वर्षदेखि कोरोना महामारीका कारण विभिन्न चाडवाडसँगै होली पनि मनाउन नपाएकाले यसपल्ट होली खुबै धुमधामसँग मनाइँदैछ । यद्यपि पहिलाजस्तो होली पर्वको दिन एक अर्कालाई रंग लगाएर सम्मान दिने चलन भने हराउँदै गएको छ । के शहर के गाउँ सबै गाउँमा मैथिली, भोजपुरीका अश्लील गीत बजाएर गाउँघरका युवाहरुले उद्यम मचाएका छन् । \केही केही ठाउँमा बुढापाका तथा युवाहरु डम्फ
सिरहा,चैत्र ३ गते ।माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले वितेका तिता मिठाबाट पाठ सिक्दै सामाजिक रुपान्तरणको दिशामा सबै हातेमाले गरी अगाडि बढ्नुपर्नेको विकल्प नरहको वताउनुभयो । नेपाल बुद्धिजीवी संगठन, धनगढीमाई नगर समितिद्वारा आज बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था जिरोमाइलको हलमा आयोजित होली विशेष शुभकामना आदान प्रदान कार्यक्रम नगर प्रमुख चौधरीले सामाजिक रुपान्तरणको महाअभियानको जिम्मेवारी हामी सबैको काँधमा आएकाले सबै मिली समाजमा रहेका कुरिति, कुसंस्कारलाई चिर्दै समाजवाद उन्मुख गतिविधिमा लाग्न आग्रह गर्नुभयो । समाज रुपान्तरणको लागि हामी सबै
सिरहा,चैत्र ३ गते । धनगढीमाई नगरपालिका सिरहाले आफ्नै लगानीमा दुई करोडको लागतमा सडक बनाउने भएको छ । सुविधासहितको बन्न लागेको उक्त सडक नगरपालिकाकै सबैभन्दा बढी रकम खर्च गरिएर बनाउन लागेको सडक हो । नगरपालिकाले यो सडकलाई नमूना एवम् गौरवको योजनाको रुपमा लिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले वितेका तिता मिठाबाट पाठ सिक्दै सामाजिक रुपान्तरणको दिशामा सबै हातेमाले गरी अगाडि बढ्नुपर्नेको विकल्प नरहको वताउनुभयो । नेपाल बुद्धिजीवी संगठन, धनगढीमाई नगर समितिद्वारा आज बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था जिरोमाइलको हलमा आयोजित होली विशेष शु
सिरहा,चैत्र ३ गते ।जनकपुरमा आज देखि दुई दिने होरी महोत्सव सुरु भएको छ । होरी महोत्सव संगै भोली शुक्रबार महामूर्ख सम्मेलनको आयोजना गरिने र महामूर्खको उपाधि घोषणा गरिने मिथिला नाट्यकला परिषदले जनाएको छ । मिनापले प्रत्येक वर्ष परम्परागत संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्दै होरी महोत्सव गर्दै आएको छ । आज हास्य कवि गोष्ठी र होरी महोत्सव गरिनेछ ।होरी गायन प्रतियोगितामा मधेश प्रदेशको धनुषाको गिद्धा, बेलापट्टी, बेला, गेरुवाही, जमुनीवास, धनुषाधाम, महोत्तरीको पिपरा, विश्वम्भरपुर र सप्तरी जिल्ला सहित होरी र जोगिराको गायन प्रतियोगितामा विभिन्न १० टिम सहभागीता रहने मिनापले जनाएको छ ।शुक्रबार
काठमाडौँ , चैत ३ गते । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाईने फागु पूर्णिमा आज (बिहीबार) काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्र्णिमा मनाइँदै छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ । किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे । उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए ।हिरण्यकश्यपु आफुले आफुलाई बलवान
सिरहा,२४ गते ।माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका नगरप्रम्ख हरिनारायण चौधरीले माओवादी केन्द्रकै कारणले महिलाहरुको हक अधिकार र पहिचानको मुद्दा कायम भई स्थापित भएको वताउनुभएको छ । आज मंगलबार सिरहाको धनगढीमाई नगरपालिका वडा नं ९.स्थित नव निर्मित कभर्ड हलमा अनेम संघ (क्रान्तिकारी) नगर समिति धनगढीद्वारा आयोजित ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगरप्रमुख चौधरीले माओवादी केन्द्र एक मात्र पार्टी हो जसले महिलाहरुको हक हितको लागि बोल्दछ, त्यसैले पनि अधिकार सुनिश्चितताको लागि महिलाहरुले संगठित रुपमा अगामी निर्वाचनमा गोलाकार भित्रको हसिया हथौडा
अनुभक्त चौधरी,सिरहा,फाल्गुन २४ गते । सिरहाको दक्षिणवर्ती क्षेत्र नरगी टोलमा मधेश प्रदेस सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको ४५ लाखको लागतमा राम जानकी सामुदायिक भवन निर्माण भएको छ । रामजानकी मन्दिरको नाममा रहेको डेढ कठ्ठा जग्गामा बनेको दुई तल्ले भवन विशेषतः विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी तथा सार्वजनिक कामको लागि निर्माण गरिएका हुन् । भवनको पहिलो तल्लामा ठूलो हल रहेको छ भने माथिल्लो तल्लामा विश्राम स्थलको लागि ४ वटा ठूलठूला कोठासँगै आवश्यक संरचनाहरु निर्माण भएका छन् । बहुसंख्यक दलित एवम् विपन्न परिवार मुसहर जातिहरुको बसोबास रहेको उक्त ठाउँमा सामुदायिक भवन बनेपछि उक्त समुदायका
सिरहा, फाल्गुन २२ गते । प्रेम गरेर विवाह बन्धनमा बाँधिएको महिना नबित्दै श्रीमतीलाई हत्या गरेको आरोपमा सिरहा कर्जन्हा ७ का राम नरेश रउतको छोरा २३ वर्षीय अमर राउतलाई प्रहरीले पक्राउ गरेको छ । आज सिरहा प्रहरीले आज आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोप लागेका राउतलाई सार्वजनिक गरेका हुन् । कर्जन्हा नगरपालिका वडा नं.७ स्थित कमला नदी किनारको काँस घारीमा काठमाडौंको जैशी देवलकी २२ वर्षीय छोरी पूजा कुमारी पौदारको शव मंगलबार फेला परेको हो । वैदेशिक रोजगारीमा रहेका अमर र पूजाको सामाजिक संजालमार्फत् चिनजान भई एक वर्षदेखि प्रेम झांगिंदै गएपछि राउत नेपाल फर्किएपछि पूजासँग आ आफ्नो परिवारलाई जानकार
सिरहा,फाल्गुन २१ गते । सिरहाको गोलबजामा भईरहेको नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व छनौटको लागि हुने नोमिनेशन समयावधि भोलि १० बजेसम्मलाई लम्ब्याएको छ । आज दिनभरको प्रयासको बाबजुद पनि सहमति हुन नसकेपछि भोलि १० बजेसम्म नोमेनेशनको समयावधि बढाइएको निर्वाचन अधिकृत संजीव कुमार लामाले उल्लेख गर्नुभयो । निर्वाचन अधिकृत लामाका अनुसार भोलि आइतबार नोमोनेशनको समयावधि समाप्त हुने वितिकै दावी विरोध तथा नाम फिर्ताको लागि दुई दुई घण्टा समय दिई अन्तिम नामावली साँझ ५ बजे प्रकाशित गरिने जनाउनुभयो । नेपाली कांग्रेसले १४ औं सिरहा जिल्ला अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष २, सचिव २, सह सचिव २
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.