काठमाडौं,बैशाख ११ गते । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा.डिम्पल कुमारी झाको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी जनाउनु भयो ।

‘करिब डेढरदुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उहाँको लगातार उपचार भइरहेको थियो । पछिल्लो समय भने डाक्टरहरुकै सल्लाहमा घरमै राखेर रेखदेख भइरहेको थियो ।

डा.झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् ।