सप्तरी,बैशाख २२ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बिरपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।  घाइते भएका मोटरसाइकल चालक स्थानीय १८ वर्षीय ईन्द्रजीत यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । 

तिलाठीबाट राजविराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेको साइकललाई बुधवार बेलुकी ८ बजे ठक्कर दिएको हो ।