सिरहा चैत्र २५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले धेरै मेहनत एवम् बलिदानीपछिआएको संघीयतालाई जोगाउन आसन्न स्थानीय तहको निर्वाचनमा माओवादीलाई हार्ने छुट नभएको वताउनुभयो ।

सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमा सहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दहालले निकै कठिनाई पश्चात् गाउँ गाउँ र टोलटोलसम्म आएकोस्थानीय तहको सिंहदरवारलाई पुनः काठमाडौंमै केन्द्रित गर्ने केही थरीहरुले प्रयास गरिरहेकोले गाउँघरमै सिंहदरवार राखिरहन अबको चुनावमा माओवादी जित्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

यो निर्वाचन सामान्य निर्वाचन मात्र नभएर तपाई हामिले पाएको अधिकारकारको रक्षा गर्ने र थप अधिकारको लागि लडाई लड्ने अभियान भएको वताउनुहुँदै अध्यक्ष प्रचण्डले जुनसुकै हालतमा भएपनि माओवादीलाई हार्ने छुट नभएको अध्यक्ष प्रचण्डले जिकिर गर्नुभयोे ।
नेकपा एमालले संसदलाई बन्धक बनाएपछि संसदबाट नागरिकता विद्येयक पारित हुन नसकेको वताउनुहुँदै आफूले अध्यादेशबाटै भएपनि नागरिक्ता विद्येयक ल्याएर सधैको लागि नागरिक्ताको समस्या समाधान गरौं भने, तर अदालतले संसदबाट नै नागरिकता विद्येयक पारित गर्नु भन्ने आदेश दिएकाले गर्न नसकिएको अध्यक्ष प्रचण्डले आरोप लगाउनुभयो ।





















