कपिलवस्तु,चैत्र ९ गते । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने दावी गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका(५ चन्द्रौटामा सशस्त्र प्रहरी प्रदेश हेड क्वाटर ९ सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय) को उद्घाटन गर्दै निर्वाचनमा भाग लिन सबै दललाई अनुरोध गरेका हुन् । उनले विप्लवप्रति इंगित गर्दै निर्वाचनप्रति कुनै शंका नगर्न र निर्वाचनमा भाग लिन आग्रह गरे । 

गृहमन्त्री खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा सुशासन तथा शान्ति व्यवस्था कायम गर्न सफल भएको दावी पनि गरे । देशको सुरक्षाको लागि सशस्त्र प्रहरीको मेहनत उत्कृष्ट रहेको जनाउँदै देशकै अब्बल बाहिनी बन्न शुभकामना व्यक्त गरे । उनले लामो समय देखि रोकिएको सशस्त्र प्रहरीको बढुवा प्रक्रिया व्यवस्थापनको लागि सरकारले तयारी गरेको जनाए । 

कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने दावी गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका(५ चन्द्रौटामा सशस्त्र प्रहरी प्रदेश हेड क्वाटर (सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय)को उद्घाटन गर्दै निर्वाचनमा भाग लिन सबै दललाई अनुरोध गरेका हुन् । उनले विप्लवप्रति इंगित गर्दै निर्वाचनप्रति कुनै शंका नगर्न र निर्वाचनमा भाग लिन आग्रह गरे । 

गृहमन्त्री खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा सुशासन तथा शान्ति व्यवस्था कायम गर्न सफल भएको दावी पनि गरे । देशको सुरक्षाको लागि सशस्त्र प्रहरीको मेहनत उत्कृष्ट रहेको जनाउँदै देशकै अब्बल बाहिनी बन्न शुभकामना व्यक्त गरे । उनले लामो समय देखि रोकिएको सशस्त्र प्रहरीको बढुवा प्रक्रिया व्यवस्थापनको लागि सरकारले तयारी गरेको जनाए । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र, राष्ट्रिय अखण्डताको रक्षा गर्न सशस्त्र प्रहरी सधैँ तत्पर रहेको बताए । सीमा क्षेत्रमा शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउनु थप बोर्डर आउट पोष्ट स्थापना गर्नु पर्ने बताउँदै लुम्बिनी प्रदेशमा ४१ बीओपी स्थापना भईसकेको र चालु आर्थिक वर्षमा १७ थप हुने चरणमा रहेको बताए ।  

कुल ५० बिगाहा क्षेत्रफलमा फैलिएको मुख्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लाका युनिटहरू रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ्गले बताए । मुख्यालय कपिलवस्तुको शिवराज नगरपालिका(५ चन्द्रौटा बजार क्षेत्रमा छ । २०५७ सालदेखि सञ्चालन भएको गणको ६ भदौ २०७५ मा स्तरोन्नति भई बाहिनीको रुपमा स्थापना भएको थियो ।