सप्तरी,चैत्र ९ गते । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकास्थित टेङ्गरीका अग्निपीडितहरूलाई सांसद डा.सूर्यनारायण यादवले राहत स्वरुप ग्यास सिलिन्डर र चुलोसहितको सेट दिएका छन् ।  फागुन २८ मा भएको आगलागीबाट ११ परिवारको सबै सम्पत्ति जलेर नष्ट भएको थियो ।

डा.यादवले भने, झविपदको बेला सबैको ध्यान खाद्यन्नमा मात्रै हुन्छ । दिएको खाद्यन्न कसरी र कहाँ पकाउने ध्यान हुँदैन । यही कारण खाना पकाउने सबै सेट दिएका हुँ । अग्नीपीडित सत्यनारायण यादवले ग्यास चुलो पाप्त भएसँगै सुत्केरी, बालबालिका, बिरामी तथा वृद्धवृद्धालाई सहज भएको बताए ।

आगलागीबाट डम्बर यादव, दिनेश यादव, फुलदेव यादव, श्याम यादव, भोला यादव, मनोज कुमार यादव, महेश यादव, बृजनारायण यादव, सत्यनारायण यादव, अर्मेन्द्र यादव र उपेन्द्र यादवको लाखौंको धनसम्पत्ति जलेर नष्ट भएको थियो ।