X wada

समाज

    Showing २३१-२४० of १,४५० items.
  • घरमा लुकाई राखेको लागु औषध सहित पक्राउ

    सिरहा,मंसिर १ गते । आफनै घरमा लुकाई राखेको लागु औषध सहित लहानबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा लहान नगरपालिका–१९ बस्ने २२ वर्षीय बिजय महतोलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ६० पिस र साइप्रोन १६ पीससहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।महतो आफ्नै बुवासँग विवाद गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले कोठामा रहेको सिरानीको खोलभित्र लुकाई राखेको उक्त लागूऔषध बरामद गरी उनलाई पक्राउ गरेको हो ।सो सम्वन्धि आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • ९४९ पटक पढिएको
  • छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय

    सिरहा ,मंसिर १ गते । मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि बिहीबार नै गरेका हुन् । निरामिष सात्विके भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ ।मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी ृछठीे देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • ९३९ पटक पढिएको
  • बाँसका सामग्री बनाउन डोम समुदायलाई भ्याइ नभ्याइ

    जलेश्वर, कात्तिक ३० गते । छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ । अहिले उनीहरू डालो, नाङ्लो र टालु टपरी बनाउन व्यस्त छन्  । मनरासिस्वा नगरपालिकाका ५० वर्षीय बिजु डोमले भन्नुभयो, “जीवनका हरेक दुःख बिर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने पर्व छठ हो ।” छठ पर्वमा विभिन्न परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ६० वर्षीया मालती डोमिनले बताउनुभयो । गौशाला नगरपालिकाकी ५५ वर्षीया केवली डोमिनले भन्नुभयो, “कात्तिक लाग्ने बित्तिकै  बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ । यी वस्तु बजारमा बेच्दा मनग्य आम्दानी हुन्छ ।” छठपर्व मनाउनेले छ

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • २९७ पटक पढिएको
  • कपडा गोदाममा आगलागी, लाखौको क्षति

    सिरहा,कात्तिक ३० गते ।   सिरहाको गोलबजार नगरपालिका ६ राधाकृष्ण मन्दिर टोलको एक कपडा गोदाममा बुधबार राती आगलागी हुँदा १७ लाख मूल्य बरामरको धनमाल जलेर क्षति भएको छ।स्थानीय ३७ वर्षीय दुर्गेश कुमार साहको कपडा गोदाममा आगलागी हुँदा गोदामभित्र रहेका लत्ताकपडासहित करिब १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।बिद्युतको तार सर्ट भई गोदाममा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र बेश क्याम्प गोलबजारबाट गएको टोली, स्थानिय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ।विद्युत सष्टभएर आगलागी भएको भनियपनि प्र

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • ३९१ पटक पढिएको
  • साहको चौधौं वार्षिकी सम्पन्न, पाँच पत्रकार सम्मानित

    सिरहा,कार्तिक ३० गते । सिरहाको  मिर्चैयामा बुधवार स्वर्गिय राम भरोष साहको चौथो वार्षिकीमा पाँच जना संचरकर्मीलाई सम्मान गरेको छ ।नेपाल सुडी समाज कल्याण समितिका संस्थापक अध्यक्ष एवं जिल्ला विकास समिति सिरहाका उपसभापति रहिसकेका साह जिउँदो हुँदा मिर्चैया र समग्र सिरहामा उल्लेख्य योगदान गरेका समाजसेवी एवम राजनितिज्ञ स्वर्गिय साहको सम्पन्न चौथो वार्षिकीमा पाँच जना संचारकर्मीलाई सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा नेपाल टेलिभिजनका सम्वादाता श्याम कुमार ठाकुर, कान्तिपुर टेलिभिजनका विनय आजाद, मनकामना पोष्टका रामनारायण ठाकुर, रेडियो गंगाजलका प्रमुख सरोजकुमार पासमान र एनएसडब्ल्यू न्यूजका पंकज

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • ३५२ पटक पढिएको
  • बाँसका सामाग्री बनाउन भ्याई नभइाई

    सिरहा , कार्तिक २९ गते । विशेषतः तराई मधेशको जिल्लामा बसोबास गर्ने सीमान्तकृत डोम समुदायलाई अहिले बाँसका सामाग्री बनाउन व्यस्त रहेका छन् । वर्षभरिको जोहो एक मात्र सहारा चाडवाडको बेला बाँसका सामाग्री बनाएर गुजारा गर्नुपर्ने वाध्यताका कारण उनीहरु अहिले  नजिकिंदो छठ पर्वको लागि बाँसका सामाग्री बनाउन व्यस्त रहेका छन् । तिहार सकिएसँगै तराई मधेशमा धुमधामसँग मनाइने छठ पर्वको लागि सीमान्तकृत डोम समुदायलाई अहिले बाँसको सामाग्री बनाउन भ्याई न भ्याई भएको छ । महान चाड छठ पूजाको लागि अति महत्व राख्ने बाँसका सामाग्रीहरु ढाकी, नाङ्लो, कोनिया लगायतका सामाग्री तयार पार्न घरका सम्पूर्ण सदस्यहरु ल

    • प्रकाशित मितिः कार्तिक २९, २०८०
    • २३२ पटक पढिएको
  • हुराहुरी प्रतियोगिताको निरन्तरता

    सिरहा,कार्तिक २९ गते ।लोप हुन लागेको अति रोमान्चित हुराहुरी प्रतियोगिता जगेर्ना गर्ने उद्देश्यले सिरहाको लहानस्थित गमहरियामा हुराहुरी प्रतियोगितालाई निरन्तरता दिएको छ ।स्याउलाले बनाएको हुरामा सुंगुरलाई बाँधेर भैंसीलाई जुधाउने प्रचलन रहँदै आएको छ । हुर्राहुर्री प्रतियोगितामा भाग लिएका भैंसीहरु मध्ये स्थानीय चन्द्रदेव यादवको भैंसीले हुर्रामा बाँधिएको सुँगुरलाई मारिएका हुन् । यसपल्टको हुर्राहुर्री प्रतियोगितामा आसपासका आधा दर्जन भन्दा बढी भैंसीहरुलाई समावेश गरिएको थियो । गोर्बधन पूजाको समाप्तिसँगै हुर्राहुर्री प्रतियोगिता हुने गरिएको छ । 

    • प्रकाशित मितिः कार्तिक २९, २०८०
    • ३७७ पटक पढिएको
  • धनुषामा रेलले किचेर एक जनाको मृत्यु

    धनुषा कार्तिक २८ गते ।  । जनकपुर(जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ ।धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो । मृतकको समाचार तयार पार्दासम्म सनाखत भएको छैन । प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिरहेको डीएसपी अवाले बताए ।

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • ८४० पटक पढिएको
  • घटनाको विरोधमा विद्यालय बन्द

     सिरहा कार्तिक २१ गते । सिरहाको गोलबजार वडा नं। ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जिवकुमार साहको शंकास्पद रुपमा पासोमा मृत्यु भएको भन्दै जिल्लास्थित पेशागत संगठनहरुले सत्य तथ्य निष्पक्ष छानविन गरी दोषीलाई कार्वाहीको माग गर्दै आज सिरहा जिल्लाका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गराएका छन् । विद्यालय बन्दका कारण जिल्लाका भरिका सम्पूर्ण निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको पठन पाठन अवरुद्ध भएको छ । सिरहा जिल्लाभरि रहेका आठ वटा पेशागत संगठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई निष्पक्ष छानविन गरी दोषीलाई कार्वाही नगरिए

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • १९१ पटक पढिएको
  • एनआरएन अध्यक्ष शर्मासहितको टोलीले हस्तान्तरण गर्‍यो राहत सामग्री

    जाजरकोट,कार्तिक २१ गते । । गैर आवासीय नेपाली संघ एनआरएनएले जाजरकोटका भूकम्प प्रभावितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । काठमाडौंबाट अध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) नेतृत्वको टोलीले जाजरकोट भूकम्पको इपीसेन्टर नलगाडमा पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो । संघका तर्फबाट अध्यक्ष शर्मा र महासचिव बुद्धिसागर सुवेदीले त्रिपाल ५०० सय थान, म्याट्रेस २ हजार मिटर, ब्ल्याङकेट/ कम्बल ७५० थान र चामल ५० बोरा हस्तान्तरण गरेको हो । एनआरएनएले  कार्तिक १७ गतेको भूकम्पपछि प्रभावित नागरिकहरुलाई राहत सामग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नारायण खत्रीले जानक

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • १४९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२