सिरहा,मंसिर १६ गते । सिरहको जिरोमाईलमा आज वेलुवा मोटरसाईकल वर्कशपमा आगलगी हुदाँ लाखौको क्षती भएको छ ।

धनगढीमाई नगरपालिका वडा नं।१० स्थित रहेको रिना मोटरसाईकल वर्कशपमा आग वेलुका भएको आगलगीमा लाखौको समानहरु जलेर नष्ठ भएको छ ।

स्थानिय श्रवण कुमार यादबका अनुसार उक्त ग्यारेज भित्र कसरी आगो लागयो भन्ने बारे थाँहा भएन हामीहरु बन्द सटर भित्रबाट घुवा र आगोको मुस्लो देखेपछि सटरको ताला फुटाएर आगो नियन्त्रणमा लिएको बताए ।

आगो कसरी लागेको हो भन्ने बारे खुल्न सकेको छैन तर स्थानिय र धनगढी प्रहरीको सहयोगमा १ घण्टा पछि नियन्त्रणमा लिएको यादबले बताए ।

यादबका अनुसार १० लाख भन्दा बढीको क्षती भएको छ । उक्त मोटर साईकल वर्कशपका संचालक शम्भु यादबको स्थानिय स्तरमा उपचार भई रहेको छ ।