सिरहा,पुस १२ गते । हरवा चरवा अधिकार मञ्चले आफ्ना मागलाई सम्बोधन नगरे तीन तहकै सरकारविरुद्ध आन्दोलन छेड्ने चेतावनी दिएको छ । 

आज सिरहाको लहानमा आयोजित एक कार्यक्रममा हरुवा चरुवा मञ्चले भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा दिने सरकारले निर्णय गरे पनि निर्णय हालसम्म क्रियान्वयन नभएकाले आन्दोलनको विकल्प नरहेको वताएका हुन् ।

संघ, प्रदेश र स्थानीय तह तीन तहकै सरकार हरुवा चरुवाको समस्या समाधान गर्नुको सट्टो विकासको नाममा गरिव विपन्न एवम् हरुवा चरुवालाई उठिवास गराइरहेकाले अब चुप लागेर नबस्ने उनीहरुले उल्लेख गरेका छन् । 

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले हरुवा चरुवाको माग जायज रहेको भन्दै स्थानीय सरकारको दायराभन्दा माथिको माग सम्बोधन गर्न हरुवा चरुवाहरुले आन्दोलन गरे आफूहरुको ऐक्यबद्धता रहेको जनाएका छन् ।

सिरहा, सप्तरीसँगै मधेश प्रदेशमा एक लाख पचास हजारको संख्यामा हरुवा चरुवाहरु रहेको दलित जनकल्याण युवा क्लव सिरहा लहानका अध्यक्ष उमेश कुमार विशुन्केले जनाएको छ ।

C0070T01C0078T01C0065T01