सिरहा,पुस १ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.४ स्थित मुसहर वस्तीका ४० जना मुसहर बालवालिकालाई नेपाली मुलका फ्रान्सवासी दधी सापकोटाले न्यानो कपडा वितरण गरेको छ ।
४२ घर परिवार रहेका उक्त मुसहर वस्तिका आठ वर्ष मुनिका बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । सापकोटाले वर्ष दिनमा आउँदा केही समाजसेवा गरौं भन्ने उद्देश्यका साथ मुसहर वालवालिकाहरुलाई कपडा वितरण गरेको जानकारी दिनुभयो ।
दैनिकी ज्यालादारी र मजदुरी गरी जिविको पार्जन गर्दै आई रहेका दलित गरीव तथा अति विपन्न मुसहर समुदायले जाडोमा न्यानो कपडा पाएपछि जाडो काट्न सहज हुने वताइएको छ ।























