सप्तरी पुस ५ गते। हिमालयन लघुवित्त वित्तीयको शाखा कार्यालय खरचुहिया,सप्तरी बाट बिमा दावी रकम भुक्तानी गरेको छ । यस संस्थामा आवद्ध रहेकी स्व। सदस्य अनु कुमारी चौधरी को मृत्यू पश्चात निज सदस्यको श्रीमान् राम किसुन चौधरी लाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।

सप्तरी जिल्ला शम्भुनाथ नगरपालीका वडा नं.८ बैरीयाही टोलमा रहेको केन्द्र नं.५३ कि सदस्य अनु कुमारी चौधरी ले यस संस्थाबाट १ लाख २५ हजार रुपैयाँ कर्जा लिएकी थिईन । सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरी कर्जा बिमा अन्तर्गत बिमितको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु २५ हजार रुपैंयाँ र सम्पूर्ण सावा ब्याज तिरिसकेको हुनाले  बिमाङ्कन रकम १ लाख २५ हजार र काज क्रिया खर्च रु २५ हजार गरी कुल रकम रु १ लाख ५० हजार फिर्ता गरेको छ ।

निज सदस्यको श्रीमान लाई केन्द्र बैठक मै पुगि केन्द्र प्रमुखको अध्यक्षतामा १ लाख ५० हजार रकम एकमुष्ट भुक्तानी गरेको संस्थाका शाखा प्रबन्धक महेश प्रसाद चौधरी ले जानकारी गराएका छन् । संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पर्याउने उदेश्य अनरुप विभिन्न कार्यक्रम को माध्यम द्धारा ऋण बिमा,बाली बिमा,पशु बिमा लगायत निक्षेप,क्रेडिट ग्यारेन्टी कोषको माध्यमद्धारा पनि ग्राहक संरक्षण गर्ने र सुतकेरी हरुलाई सुतकेरी स्याहार र बाल पोषण भत्ता को पनि व्यवस्था रहेका छन् ।

संस्थाले दुःखको समयमा सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई आभार व्यक्त गरेका छन् ।   

रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक, चौधरी र केन्द्रका संचालक राम सोगारथ राय यादवको उपस्थिति रहेको थियो ।