उपमहानगरमा मेयर पदका लागि जनमत पार्टीबाट साहले दर्ता गराइन उम्मेदवारी । ११ बैशाख, जनकपुरधाम चुनाव नजिकिदै गर्दा बिभिन्न स्थान र बिभिन्न पार्टीहरुबाट आज र भोली दिने नोमिनेशनको क्रमजारीनै रहेको अवस्था छ । जनकपुरधाम उपमहानगरपालिकाको लागि मेयर,उपमेयर,वडाअध्यक्ष र वडा सदस्य पदहरुको लागि दिएकोे नोमिनेशनमा जनमत पार्टीबाट मेयर पदको लागि अनिता देवी साहले आज जनकपुरधाम स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले उम्मेदवारी दर्ता गराएकी हुन्। साह:जनकपुरधामको मेयरका लागि एक मात्र महिला आकांक्षी हुन् ।
सप्तरी १०,बैसाख,सप्तरीमा दुई ओटा मोटरसाइकल एक आपस्मा ठोकिदा तिनजनाको मृत्यू भएको छ । मध्यराती सप्तरी जिल्लाको राजगढ नगरपालिका मलेकपुर स्थित हुलाकी सडकमा पश्चिम तर्फ जाँदै गरेको प्र १(०२४१ प २२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र १(०२०४१ प ९५४१ नम्बरको मोटरसाइकल एक आपस्मा ठोकिदा दुर्घटना भएको थियो ।
काठमाडौँ, वैशाख ३ गते । विद्युतीय भुक्तानीमा स्थापित ‘खल्ती’ वालेटले मङ्सिर अन्तिम साता देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्क कम्युनिकेसन्सलाई ४० प्रतिशत स्वामित्व बिक्री गरेको सार्वजनिक ग¥यो । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु(याउने उद्देश्य पूरा गर्न आवश्यक लगानी जुटाउन खल्तीले आफ्नो स्वामित्व बिक्री गरेको थियो । घरघरसम्म खाना पु(याउन अनलाइन सेवा दिएर चर्चित बनेको ‘फुडमान्डु’मा विदेशीले नेपालमा स्थापना गरेको लगानी व्यवस्थापन संस्था डोल्मा इम्प्याक्ट फन्डले ४६ करोड रुपियाँ लगानी गर्ने खबरले पुसको अन्तिम साता चर्चा पायो । स्टार्टअपका रूपमा सेवा सुरु गरेको फुडमान्डुमा
काठमाडौं, चैत २८ गते । निर्वाचन आयोगले २८ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमार्फत २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी दिनुभयो ।उहाँका अनुसार अन्य जिल्लाका लागि मतपत्र छाप्ने काम जारी रहेको छ ।
काठमाडौँ, चैत २८ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ । आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा सामाजिक सञ्जाल अनुगमन कार्यदल’ गठन गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आचारसंहिता लागू भएको मितिदेखि निर्वाचनको अन्तिम मत परिणाम आउँदासम्म कार्यदल सक्रिय रहनेछ ।उहाँले कार्यदललाई सामाजिक सञ्जालमा मतदाता शिक्षा सञ्चालन गर्ने, अनुुगमन गर्ने, कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिइएको बताउनुभयो । सात सदस्यीय कार्यदलको अगुवाइ आयोगको सूचना प्रविधि शाखाका प्रमुखले गर्नुहुनेछ । चार जना
सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट बाहिरिने सूचनाले राष्ट्रिय सुरक्षामा जोखिम बढेको भन्दै अभिव्यक्ति अधिकार सैनिक नियन्त्रणमा लग्ने गृहकार्यअहिले ‘डिजिटल प्लेटफर्म’ दुरूपयोग नियन्त्रणमा देखिने गरी सैनिक संरचनालाई प्रयोग गरिएको छैनकाठमाडौँ — सरकारले राष्ट्रिय सुरक्षालाई बलियो बनाउने नाममा नागरिकका वैयक्तिक गोपनीयतामाथि सैनिक संयन्त्रबाट निगरानी गर्ने गरी साइबर सुरक्षा र साइबर अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी कानुन ल्याउन गृहकार्य अघि बढाएको छ । कानुनी व्यवस्थाबिनै इजरायलबाट नागरिकका फोन तथा सामाजिक सञ्जाल ट्यापिङ गर्न उपकरण भित्र्याएको सरकारले सैनिक गुप्तचरलाई तथा डिजिटल सामग्रीको नियमन र नियन्
काठमाण्डौ, चैत्र २५ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १४औँ वार्षिक साधारणसभाले ले कम्पनीका शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस शेयर र प्रतिशेयर रु २० (बीस) का दरले नगद लाभांश वितरण गर्ने भएको छ।कम्पनीको बिहीवार सम्पन्न १४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७र७८ को मुनाफा रकममध्येबाट कम्पनीका शेयरधनीहरुलाई नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पूँजी रु १८ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको जनाएको छ। १४ औँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम विहिवार (२०७८ चैत २४ गते) देखि शेयरधनीलाई वितरण गर
सिरहा,चैत २१ गते । निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ । सोमवार आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताएका हुन् ।उनका अनुसार आयोगले निर्वाचन तालिम व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७८, मतदान निर्देशिका २०७८ र मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत गरी
सिरहा,चैत्र ७ गते । माननीय पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षालय खोलेर नपुग्ने वताउनुहँदै विद्यार्थीहरुलाई उत्पादनसँग जोड्नुको विकल्प नरहेको वताउनुभयो । आज सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित नव निर्मित विद्यालय भवनको उद्घाटन गर्नुहुँदै पूर्व मन्त्री पोखरेलले विद्यार्थीहरुको जीवनलाई दीर्घकालीन रुपमा परिवर्तनको लागि सिक्ने, कमाउने र तिर्नेको नीति अवलम्बन गरिए मात्र प्राविधिक शिक्षाको औचित्य हुने उल्लेख गर्नुभयो ।गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक धारको पढाईमा जोड्नुपर्ने वताउनुहुँदै पूर्व मन्त्री पोखरेलले अध्ययनरत विद्यार्थी, शिक्षक
काठमाडौं,चैत्र ५ गते । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ८ चैतदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको परीक्षा पुनस् स्थगित गरेको छ ।तर ‘विज्ञापन नं। ७०१र०७७र०७८ देखि ८२५र०७७र०७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको हो ।आयोगले शनिबार एक सूचना प्रकाशित गरी सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गर्ने जनाएको छ ।
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.