सिरहा,वैशाख १८ गते । सिरहाकाे लहान नगरपालिका वडा न.१२ र २२ मा पर्ने सलहेश फुलवारीकाे मन्दिरमा चाेरी भएकाे छ । धार्मीक वन सलहेश फुलवारीकाे मालिन  र सलहेश मन्दिरमा चाेरी भएकाे हाे ।

रातीकाे समयमा चाेरले मन्दिरकाे ताला फुटाई दानपेटीकामा भएकाे नगद चाेरी लगेकाे मन्दिरका पुजारी जितेन्द्र सिंह धामीले जनाउनु भयाे ।

उनका अनुसार साँझमा करीव ७ बजे फुलवारीबाट घर गए विहान मन्दिर खाेल्न आएकी पुजारी हजुरआमाले फाेन गर्दा थहा भयाे ।आएर हेर्दा दुवै  मन्दिरमा राखिएका  दानपेटीका फुटाई दान पेटीकामा रहेकाे अन्दाजि ४/५ हजार नगद चाेरले लगेकाे धामी सिंहले बताउनस भयाे ।

 चाेरले मालिन गहवरकाे ताला हेक्साे व्लेडले काटी दानपेटीका फुटाईएकाे छ भने सलहेश गहवरकाे जन्जिर गैचाले ताेरेका छन् । जन्जिर काट्न खाेज्दा व्लेड टुटेकाे भेटीएकाे पुजारी आामाले जनाईन् ।

यता  चाेरी गर्ने चाेरकाे खाेज तलास भईरहेकाे ईलाका प्रहरीकार्यालय लहानले उल्लेख गर्नु भयाे ।

IMG20240430072037IMG20240430072110IMG20240430072115