सिरहा,चैत्र ७ गते । माननीय पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षालय खोलेर नपुग्ने वताउनुहँदै विद्यार्थीहरुलाई उत्पादनसँग जोड्नुको विकल्प नरहेको वताउनुभयो । 

आज सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित नव निर्मित विद्यालय भवनको उद्घाटन गर्नुहुँदै पूर्व मन्त्री पोखरेलले विद्यार्थीहरुको जीवनलाई दीर्घकालीन रुपमा परिवर्तनको लागि सिक्ने, कमाउने र तिर्नेको नीति अवलम्बन गरिए मात्र प्राविधिक शिक्षाको औचित्य हुने उल्लेख गर्नुभयो ।

q

गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक धारको पढाईमा जोड्नुपर्ने वताउनुहुँदै पूर्व मन्त्री पोखरेलले अध्ययनरत विद्यार्थी, शिक्षक र संस्थालाई श्रमसँग जोड्दै  प्राप्त आम्दानी पनि शिक्षक, विद्यार्थी र संस्था तीन ठाउँमा भाग बण्डा लगाए मात्र आर्थिक रुपमा संस्था दीगोपना ढंगले संचालन हुने वताउनुभयो ।

c 1

करिव एक हजार ६ सय विद्यार्थीहरु अध्ययनरत रहेको सो विद्यालयमा यस अघि विद्यालय भवनको अभावमा पठन पाठनमा समस्या भएको थियो । पूर्व मन्त्रि गिरिराजमणि पोखरेल र धनगढीमाई नगरपालिका प्रमुख हरिनारायण चौधरीले उद्घाटन गरेको छुटुटाछु्ट्टै भवनहरु नगरपालिका, जिल्ला समन्वय समिति, शिक्षा मन्त्रालय लगायतको सहयोगमा विद्यालयको भवन निर्माण भएका हुन् । 

विद्यालयमा माध्यमिक स्तरको पढाई हुनुको साथै प्राविधिक तर्फ एनिमल साइन्स, प्लान्ट साइन्स, कम्प्युटर ईन्जिनियरिंग तथा प्राकृतिक चिकित्सा तथा नेचरोपेथी सम्बन्धी अध्ययन अध्यापन भइरहेको छ । 

a 2

त्यसै क्रममा धनगढीमाई नगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सहकार्यमा संचालित खाद्य हरियाली शहर कार्यक्रम अन्तर्गत माटो रहित आधुनिक खेती प्रणालीको विकास विस्तार र पूर्वाधार सम्बन्धी चार दिने तालिम कार्यक्रमको उद्घाटन समेत पूर्व मन्त्री पोखरेलद्वारा गरिएको थियो ।

b 1