वैशाख २८ शुक्रबार । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका निवर्तमान नगरप्रमुख हरिनारायण चौधरीले नेता निर्मल लामा नेपाल कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व भएको बताएका छन् ।
धनगढीमाई नगर समितिदारा विहीबार सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ स्थित सहकारी भवनमा बिहीबार आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै चौधरीले सो कुरा बताएका हुन् ।
कार्यक्रममा नेता चौधरीले भने, ’निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्वको रुपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता पनि भएको वताउनुभयो ।
सम्पन्न कार्यक्रमको नगर अध्यक्ष प्रकाश योन्जनले गर्नुभएको थियो भने पूर्व प्रदेश सदस्य शुभराज लामा, रामचन्द्र यादव, झब्बु महतो लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन भाने नगर समितिका सह सचिव सरुन मोक्तानले गर्नुभएको थियो ।




















