सप्तरी १०,बैसाख,सप्तरीमा दुई ओटा मोटरसाइकल एक आपस्मा ठोकिदा तिनजनाको मृत्यू भएको छ । मध्यराती सप्तरी जिल्लाको राजगढ नगरपालिका मलेकपुर स्थित हुलाकी सडकमा पश्चिम तर्फ जाँदै गरेको प्र १(०२४१ प २२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र १(०२०४१ प ९५४१ नम्बरको मोटरसाइकल एक आपस्मा ठोकिदा दुर्घटना भएको थियो । मृत्यू हुनेमा हनुमाननगर कन्कालिनी नगरपालिका (३ का २६ बर्षिय सन्दिप यादब,२८ बर्षिय रन्जित यादब र ३० बर्षिय पप्पू यादब रहेको जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मोटरसाइकल एक आपस्मा ठोकिदा मोटरसाइकलमा सबार उनिहरु गम्भीर घाइते भएक थिए । उनिहरुलाई उपचारकालागी रजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लग्दा चिकित्सकले मृतक घोस्ना गरेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी माधब प्रसाद काफलेले जानकारी दिनुभयो । तिब्रगतिमा मोटरसाईकल चलाएर प्रतिस्पर्धा गर्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।




















