वैशाख २८, शुक्रबार । सिरहा । हुन्डीको रकमसहित प्रहरीले काठमाडौँको दरबारमार्गबाट ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । 

दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेमा पुरुषहरु रहेको वताइएको छ ।