X wada

राष्ट्रिय

    Showing १-१० of १,००२ items.
  • जनता माध्यमिक विद्यालय प्राविधिक तिनकोनीमा ,शिक्षामा सुधार हुँदै

    सिरहा,असोज ६ गते। धनगढीमाई नगरपालिका–५ तिनकोनीस्थित जनता माध्यमिक विद्यालय प्राविधिकमा पछिल्लो समय शैक्षिक गुणस्तर सुधारका प्रयासहरू प्रभावकारी बन्दै गएका छन्। विद्यालयले शिक्षण सिकाइलाई थप व्यवस्थित, व्यावहारिक र प्रविधिमैत्री बनाउँदै लगेपछि विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक परिवर्तन देखिन थालेको छ।विद्यालयमा नियमित पठनपाठन सँगै विद्यार्थीको सिकाइ उपलब्धि बढाउने उद्देश्यले अतिरिक्त शैक्षिक गतिविधि, प्रयोगात्मक अभ्यास तथा विषयगत शिक्षणमा जोड दिइँदै आएको विद्यालयका प्र.अ.जितेन्द्र चौधरीले जनाएको छ।विद्यालयमा अनुशासन, नियमित उपस्थिति, शिक्षक–विद्यार्थीबीचको समन्वय तथा अभिभावकसँगको सहका

    • प्रकाशित मितिः असोज ६, २०८३
    • २२८ पटक पढिएको
  • सिमा नाकाबाट १३ लाख बढीको अवैध सामान बरामद

    सिरहा,असोज ६ गते । खुल्ला सिमाना नाकाका कारण सिरहाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार गरिएका १३ लाख बढीको सामान बरामद गरिएको छ ।बरामद सामग्रीमा लत्ताकपडा, मोटरसाइकल, किराना, सुर्तीजन्य पदार्थ, कस्मेटिक, जुत्ता, खेलौना, हार्डवेयर, पेय पदार्थ, मदिरा र इन्धन लगायतका सामान विभिन्न सीमा क्षेत्रबाट १३ लाख ३५ हजार २५१ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ।सशस्त्र प्रहरीका अनुसार बरामद सामान नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ओसारपसार गरिँदै थियो।सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाका अनुसार जिल्लाका विभिन्न सीमा इलाकाबाट ने

    • प्रकाशित मितिः असोज ६, २०८३
    • १७९ पटक पढिएको
  • चिकित्सकमाथि हातपात गर्ने दुई जना पक्राउ

    सिरहा,असोज ५ गते ।  धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार असोज १ गते  साँझ करिब ६ः३० बजे जनकपुर उपमहानगरपालिका–१० स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरको बर्थिङ सेन्टरमा बर्थिङका लागि आएकी महिलाका आफन्तहरूले कार्यरत चिकित्सक डा। सरोज साहलाई हातपात भएको थियो।सूचनापछि खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा धनुषा, औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुरधाम उपमहानगरपालिका–८ की २६ वर्षीया सुधिरा मुखियालाई तत

    • प्रकाशित मितिः असोज ५, २०८३
    • १६२ पटक पढिएको
  • पत्रकार मनोज मानब पक्राउ

    सिरहा,असोज ५ गते । व्यक्तिको चरित्रहत्या एवं सामाजिक शान्ति भंग गर्दै आएका मनोज मानब भन्ने मनोज महतो पत्रकार उदउपुरबाट प्रहरीले पक्राउ गरेको छ ।महतोले विभिन्न व्यक्ति तथा सम्प्रदायक विरुद्ध अत्यन्तै अराजक र अशिष्ट ढंगबाट बदनाम र चरित्रहत्या गर्ने मनसायले विना प्रमाण् तथ्यहिन ,धम्कीपूर्ण  र भा्रमक साग्रीहरु सामाजिक संजालबाट पोष्ट गरी समाजिक सदभाब र शान्ति समेत खलल पार्ने र्कायमा संलग्न रहेको अधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको सहयोगमा पक्राउ गरीएको छ ।महतो सिरहा जिल्ला लायतका विभिन्न व्यक्तिहरुको चरित्र हत्या, ब्लायक मेल गर्ने जस्ता कार्यमा संलग्न रहेको अधारमा जिल्ला अदालत सिरहाबाट पक्र

    • प्रकाशित मितिः असोज ५, २०८३
    • २३९ पटक पढिएको
  • विश्वकर्मा पूजा समापन गरिंदै

    सिरहा, असोज २ गते । देशैभरी बडो श्रद्धापूर्वक पूजापाठ गरी मनाउने बाबा विश्वकर्मा पूजाको आज भक्तिपूर्वक समापन गरिंदैछ । उद्योग–व्यवसायको प्रगति, काममा सफलता तथा सुरक्षित कार्य वातावरणको कामना गरी मनाइने बाबा विश्वकर्माको प्रतिमालाई आज जलाशयमा गएर अन्त्य गरिरहेको छ । त्यस अवसरमा विश्वकर्मा भगवान्को विधिवत् पूजा, आरती तथा प्रसाद वितरण गरिएको आयोजकले जनाएको छ । विभिन्न उद्योग, कलकारखाना, व्यवसाय तथा प्राविधिक क्षेत्रमा प्रयोग हुने मेसिन, औजार र उपकरणको पूजा गरी विश्वकर्मा दिवस प्रत्येक वर्षको असोज १ गते मनाइँदै आएको छ । 

    • प्रकाशित मितिः असोज २, २०८३
    • ४२ पटक पढिएको
  • बाढीपहिरो प्रभावितका लागि शिवम् सिमेन्टद्वारा ११ हजार बोरा सिमेन्ट सहयोग

    हेटाैंडा, २ भदौ । भाेटेकाेशी बाढीबाट प्रभावित नागरिककाे राहत, उद्धार तथा पुनर्निर्माणका लागि शिवम् सिमेन्टले ११ हजार बोरा सिमेन्ट निःशुल्क उपलब्ध गराउने भएको छ।शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि ११० घरधुरी परिवारलाई प्रतिपरिवार १०० बोराका दरले जम्मा ११ हजार बोरा शिवम् ओपीसी सिमेन्ट उपलब्ध गराउने निर्णय गरिएकाे शिवम् सिमेन्टका डिजिएम मार्केटिङ केशव अर्यालले जानकारी दिनुभयो ।बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धत

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ४५ पटक पढिएको
  • मध्यवर्ती क्षेत्रभित्रै ग्रिन र ग्रे–जोन निर्धारण गरी व्यावहारिक निकास खोज्नुपर्नेमा जोड

    पर्सा, २७ भदौ  । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा संरक्षण र विकासबीचको विद्यमान द्वन्द्व समाधान गर्न क्षेत्रको प्रकृतिअनुसार ग्रिन र ग्रे–जोन निर्धारण गरी कानुनी तथा व्यवस्थापकीय सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।पर्सा राष्ट्रिय निकुञ्जको आयोजनामा ‘मध्यवर्ती क्षेत्र व्यवस्थापनमा देखिएका समसामयिक सवाल, कानुनी स्पष्टता र समन्वयको आवश्यकता’ विषयक स्थानीय सरकार तथा सरोकारवालाबीचको पर्सा जिल्ला स्तरीय समन्वय बैठक ठोरी गाउँपालिका–५, सुवर्णपुरमा सम्पन्न भएको हो।बैठकमा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले मध्यवर्ती क्षेत्रको मूल उद्देश्य स

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • १,०२४ पटक पढिएको
  • राष्ट्रिय स्वाधीनताको संकटमा नेपाल, नयाँ संयुक्त मोर्चा आवश्यक: प्रचण्ड

    सिरहा भदौ २५ गते । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले राष्ट्रिय स्वाधीनताको गम्भीर संकटमा रहेको बताएका छन्।जनजी आन्दोलनको एक वर्ष पूरा हुन लागेको प्रसंग उल्लेख गर्दै प्रचण्डले भदौ २४ गतेपछि संविधान मिचेर सरकार गठन, संसद् विघटन र नेपालको आन्तरिक मामिलामा विदेशीले फैसला गर्न थालेको आरोप लगाए।उनले नेपाली जनताको हातमा देश फर्काउन नयाँ संयुक्त मोर्चा गठन गरी आन्दोलन अघि बढाउनुको विकल्प नरहेको बताए। देश संकटमा परेको बेला सबै नेपाली एकजुट भएर एकअर्कालाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो।सिरहाको मिर्चैयामा आयोजित सिरहा जिल्लास्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ५१ पटक पढिएको
  • मध्यवर्ती क्षेत्रका समस्या समाधान गर्न देखिने निकास खोज्नुपर्नेमा जोड

    हेटौँडा, २४ भदौ : मध्यवर्ती क्षेत्र व्यवस्थापनमा देखिएका कानुनी, संस्थागत तथा व्यवहारिक समस्या समाधानका लागि पटक–पटक सुझाव संकलनमा सीमित नभई अब कार्यान्वयनयोग्य र देखिने निकास खोज्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।पर्सा राष्ट्रिय निकुञ्जको आयोजनामा हेटौँडामा सम्पन्न ‘मध्यवर्ती क्षेत्र व्यवस्थापनमा देखिएका समसामयिक सवाल, कानुनी स्पष्टता र समन्वयको आवश्यकता’ विषयक मकवानपुर जिल्ला स्तरीय स्थानीय सरकार तथा सरोकारवालाबीचको समन्वय बैठकमा सहभागीले यस्तो धारणा व्यक्त गरेका हुन्।बैठकमा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले मध्यवर्ती क्षेत्र व्यवस्थापनमा देखिएका कानुनी, स

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • ८३५ पटक पढिएको
  • छोटी भन्सार पुनःस्थापनाको माग गर्दै चक्काजाम

    सिरहा,जेठ १२ गते । बरियारपट्टि छोटी भन्सार पुनःस्थापनाको माग गर्दै सिरहाको जिरोमाईल खण्डमा स्थानीयले चक्काजाम गरेका छन् । चक्काजामका कारण सयौं गाडीहरु अलपत्रमा पर्दा यात्रुहरु सास्तीमा परेको छ । आन्दोलनकारीहरुले सरकार विरुद्ध चर्का नारा लगाएको थियो । भन्सार बन्द हुँदा स्थानीय व्यापार व्यवसाय प्रभावित हुनुका साथै सीमावर्ती क्षेत्रका नागरिकलाई समस्या भएको भन्दै छोटी भन्सारको पुनःस्थापनाको माग गर्दै चक्काजाम गर्नुपरेको संघर्ष समितिका अध्यक्ष विनोद कुमार यादवले उल्लेख गर्नुभयो । मागप्रति सम्बन्धित निकायले गम्भीर नबने आन्दोलनलाई थप सशक्त बनाउँदै लगिने आन्दोलनकारीहरु वताए । आन्दोलनकारीहरुल

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ४६४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२