सिरहा,जेष्ठ ४ गते । किशोर किशोरीहरु कुलतमा नफसुन् भन्ने उद्देश्यका साथ सिरहाको लहानमा जीवन उपयोगी सिप सम्बन्धी कार्यक्रम संचालन भएको छ । 

पछिल्लो समयमा युवा तथा किशोर किशोरीमा कुलतमा फस्ने डर अत्यधिक मात्रामा बढेको कारण कुलतको शिकारमा पर्नेहरुलाई न्यूनीकरण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ । 

सप्तरी जिल्लाको खड्ग नगरपालिका, सुरुंगा नगरपालिका, विष्णुपुर गाउँपालिका, छिनमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका गरी पाँच पालिलकाका २० जना सहजकर्ताहरुलाई तालिम दिइएको हो । 

तालिम प्राप्त सहजकर्ताहरुले स्थानीय वाल क्लवका किशोर किशोरीहरुलाई जीवन उपयोगी सीप सम्बन्धी सत्र सचालन गर्ने सवल नेपालका खड्ग नारायण चौधरीले वताउनुभयो ।  

कार्यक्रमको सहजीकरण सवल नेपालका खड्ग नारायण चौधरी र सेभ द सप्तरीका राजीव कुमार चौधरीले गर्नुभएको थियो । 

C0416T01C0419T01