उपमहानगरमा मेयर पदका लागि जनमत पार्टीबाट साहले दर्ता गराइन उम्मेदवारी ।
११ बैशाख, जनकपुरधाम चुनाव नजिकिदै गर्दा बिभिन्न स्थान र बिभिन्न पार्टीहरुबाट आज र भोली दिने नोमिनेशनको क्रमजारीनै रहेको अवस्था छ ।
जनकपुरधाम उपमहानगरपालिकाको लागि मेयर,उपमेयर,वडाअध्यक्ष र वडा सदस्य पदहरुको लागि दिएकोे नोमिनेशनमा जनमत पार्टीबाट मेयर पदको लागि अनिता देवी साहले आज जनकपुरधाम स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले उम्मेदवारी दर्ता गराएकी हुन्।
साह:जनकपुरधामको मेयरका लागि एक मात्र महिला आकांक्षी हुन् ।




















